किन पाएनन् शिक्षकले तलव ! गोदावरीको शिक्षक दरबन्दी प्रक्रियाको के भयो प्रगति (भिडियो सहित)


ललितपुर । गोदावरी नगरपालिकामा शिक्षक दरबन्दीको प्रक्रिया शुरु भएको छ । नगरपालिकाले पुलमा रहेका ४७ र खुद पुलमा रहेका ७८ शिक्षकको व्यवस्थापन गर्न कठिन भएको शिक्षा शाखा प्रमुख देवीप्रसाद उपाध्यायले बताए। यसै क्रममा नगर शिक्षा समितिको सिफारिसमा गोदावरी नगर कार्यपालिकाले निर्णय गरि ल्याएको अग्रज शिक्षक सम्मान र नयाँ अवसर (गोल्डेन ह्याण्डसेक) अन्तर्गत अन्तर्गत एक्काइस जना शिक्षकले स्वैच्छिक अवकाश लिएका छन् ।
नगरपालिकामा ३५ वटा सामुदायिक विद्यालयहरू छन् । यसैविच गोदावरीमा खुद पुलमा रहेका ७८ जना शिक्षकले दोस्रो चौमासिकको तलव पाएका छैनन् । नेपाल सरकारले नै उक्त तलव पठाएको छैन । त्यसैले गोदावरीमा केही शिक्षकहरुले तलव नरोक्न आग्रह गरेका छन् । प्रथम चौमासिकको तलव नगरपालिकाले आन्तरिक रुपमा ब्यवस्था गरेपनि अब गर्न नसकिने जानकारी दिएको छ । उक्त शिक्षकहरुले तलवका लागि नगरपालिकालाई दवाव दिन आन्दोलन गर्ने तयारी गरेको स्रोतले जानकारी समेत दिएको छ । गोदावरीको दरबन्दी मिलान र शिक्षकको तवलबारे शिक्षा शाखाका प्रमुख पौडेलसंग गरिएको छोटो कुराकानीको भिडियो लिंक तल छ ।