फाल्गुन १, काठमाण्डौ । श्री पशुपतिनाथको अपमान गरेको भन्दै विश्व हिन्दू परिषद नेपालले नेकपा (प्रचण्ड–माधव नेपाल समूह) का नेताहरुको पुतला दहन गरेको छ । विश्व हिन्दू परिषद नेपालले जनकपुर, विराटनगर, पोखरा लगायतका देशका प्रमुख शहरहरुमा नेकपाका रघुजी पन्त, प्रचण्ड लगायतका नेताहरुको पुतला दहन एवं विरोध ¥याली निकालेको हो ।
माघ २८ गते सरकार विरुद्धको राजनैतिक विरोध ¥यालीको क्रममा नेकपाका नेताहरुले श्री पशुपतिनाथ बारे टिप्पणी गरेका थिए ।राजनेताद्वारा नै राष्ट्रदेव भगवान श्री पशुपतिनाथको अपमान गरिएको भन्दै परिषदले प्रेस विज्ञप्ति समेत जारी गर्दै विरोध जनाएको थियो । विज्ञप्तिमा धर्म संस्कृति विरोधी तत्व समग्र राष्ट्र कै लागि घातक रहेको भन्दै सम्पूर्ण हिन्दू समाजलाई एकजुट भई यस्ता तत्वहरुको पर्दाफास गर्न अपिल गरेको थियो ।
Leave a Reply