के गर्छौ राम मन्दिर बनाएर ! यहाँका सीताहरु नै सुरक्षित छैनन् भने !!

के गर्छौ राम मन्दिर बनाएर !
जब त्यही आंगनमा खेल्ने सीताहरु नै सुरक्षित छैनन् भने !!
रामको मन्दिर त बन्यो राम्रै भो !
तर सीताको रक्षा गर्ने कानुन कहिले बन्ने हो !!
कति सीताले बहादुर रावणको हात बाट चुडिनु परेको छ !
बहादुर रावणलाइ समात्ने कानुन छैन् राज्य संग !!
रामको मन्दिर त अयोध्यामा राखिने भयो क्यारे !
सीताको रक्षाको कानुन कहाँ राखिने हो !!
दिनदौडाहै चुडिन्छ यहाँ कति सीता कोपिला मै !
कुनको भक्त हो हेरी रोकिन्छ न्याय प्रशासन मै !!
बन्छ भन्ने सीताको न्यायको मूर्ति पनि बनोस !
आमाबाबुले सीता गुमाएको पिडा मुटुको किला मात्र नबनोस् !!
के गर्छौ राम मन्दिर बनाएर सरकार!
यहाँका सीताहरु नै सुरक्षित छैनन् भने !!

– गंगा घिमीरे,ललितपुर