ललितपुर । उपत्यकाको सुगम मानिएको ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं. ७ को बावियागाउँमा ज्वालादेवि आभारभुत विद्यालय भित्र एकै कोठामा ४ वटासम्म कक्षा सञ्चालन हुने गरेको छ । वि.सं २०१७ सालमा स्थापना भएपनि स्थानीयहरुको पहल र सरकारको नजर पर्न नसकेको कारण यस्तो स्थिति देखिएको हो । ३ जना शिक्षकहरुले कक्षा लिने गरेका छन् भने एउटै कोठामा काठको बोर्डले बार लगाई ४ वटा कक्षा सञ्चालन हुने गरेको छ । बार लगाएकोमा पनि ढोका र पुरा भाग खुल्ला रहने भएकोले एक कक्षाको आवाजले अर्कोमा पुरै अप्ठ्यारो पार्ने गरेको छ । अझ बार नलगाई एकै भागमा २ वटा लाईनमा फरक- फरक कक्षा सञ्चालन हुने गरेको छ । नियमित अनुगमनका क्रममा अनुगमन र अवलोकनमा पुगेका गोदावरी नगरपालिका शिक्षा शाखाका प्रमुख देविप्रसाद पौडेलले विद्यालय भवनको समस्या समाधान गर्न आफ्नो तर्फबाट सम्वन्धित निकायमा पहल तथा समन्वय गर्ने बताए । यसको पुरै विवरण हेर्नको लागि यो भिडियो रिपोर्ट हेर्नुहोस् ःvideo link
Leave a Reply