काठमाडौं । संसद विघटन असंवैधानिक र राज्यको न्यायालयलाई नै प्रभाव पार्ने दुष्प्रयास गरेको भन्दै बालुवाटारमा प्रदर्शन हुँदा कृष्ण पहाडी सहित एक दर्जन भन्दा बढि मानवअधिकारकर्मी गिरफ्तार भएका छन् । सरकारको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै उनीहरुले बालुवाटारको राष्ट्र बैंक नजिकबाट प्रदर्शन शुरु गरेका थिए । सामान्य झडप पछि प्रहरीले झडप नियन्त्रणमा लिई प्रदर्शनकारीहरुलाई गिरफ्तार गरेको हो । मानव अधिकार तथा शान्ति समाजले गरेको प्रदर्शनमा ओली सरकारः राज्य संयन्त्रको दुरुपयोग बन्द गर , किर्तेतन्त्र बन्द गर जस्ता नारा लगाईएको थियो ।
Leave a Reply