चट्याङ् मास्टरले नेतृत्व गरेको संस्थालाई २० हजार अमेरिकी डलर पुरस्कार

काठमाडौंः साहित्यकार चट्याङ् मास्टरले नेतृत्व गरेको संस्था एजिङ्ले २० हजार अमेरिकी डलर राशीको युनेस्को किङ् सेजोङ् साक्षरता पुरस्कार प्राप्त गरेको छ।
सोमबार आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री कृष्णगोपाल श्रेष्ठले एजिङ् नेपालका अध्यक्ष कृष्णमुरारी गौतम (चट्याङ् मास्टर) लाई पुरस्कार हस्तान्तरण गरे। कार्यक्रममा मन्त्री श्रेष्ठले नेपाली संस्थाले यती ठुलो राशीको पुस्कार पाउनु गौरवको विषय भएको बताए। ‘जेष्ठ नागरिकको शिक्षामा सहयोग पुर्‍याउन एजिङले गरेको योगदान महत्वपुर्ण छ। यो नेपालकै लागि गौरवको विषय हो’ श्रेष्ठले भने।
कार्यक्रममा युनेस्को नेपालका आवासीय प्रतिनिधि क्रिश्टेन मेनहार्टले साक्षरता उन्मुलन गर्न नेपालले गरेको योगदान महत्वपुर्ण रहेको चर्चा गर्दै यो पुरस्कारले सान बढाएको बताए।
पुरस्कृत संस्थाका अध्यक्ष गौतमले संस्थाको टीमले गरेको अथक मेहेतनको कारण विश्व चर्चित पुरस्कार पाउन सफल भएको बताए। ‘यो पुरस्कारले सबै जेष्ठ नागरिक खुशी हुनुभएको छ। पुरस्कारले थप जिम्मेबारी बोध गराएको छ’ गौतमले भने।

संस्थाले लामो समयदेखि जेष्ठ नागरिक आधारभुत शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ। एजिङ् नेपाल नामक संस्थाले जेष्ठ नागरिक आधारभूत शिक्षा पाठ्यक्रम समेत तयार गरी जेष्ठ नागरिकलाई साक्षर बनाउँदै आएको छ। संस्थाले बूढानीकण्ठ, गोकर्णेश्वर लगायत स्थानमा अनौपचारिक शिक्षाका कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाले हालसम्म १ सय ८० जना महिलालाई साक्षर बनाइसकेको छ।

युनेस्को नेपालका उपमहासचिव डा। वावुराम अधिकारीका अनुसार युनेस्को मुख्यालयले साक्षरताका क्षेत्रमा उत्कृष्ट कार्य गर्ने संस्थाहरुलाई बर्सेनि किङ् सेजोङ् र कन्फ्युसियस पुरस्कार प्रदान गर्दै आएको छ।