जेष्ठ नागरिक चौतारीलाई स्वास्थ्य सामग्री सहयोग (भिडियो सहित)

ललितपुर । जेष्ठ नागरिक चौतारी ठेचोले स्वास्थ्य सामग्री सहयोग पाएको छ । डा. ईन्दिरा बस्नेतले आफ्नो स्वर्गीय पतिको श्रद्धाञ्जली सभाको सन्दर्भमा
रु.५० हजार भन्दा माथिको स्वास्थ्य सामाग्री सहयोग गरेकी हुन् । उनको पति डा.नविनराजा बस्नेत को ४५ औं पुण्य तिथिको कार्य सम्पन्न भएपछि पतिको सम्झनामा सामाजिक कार्य गरेको बताईन् । कार्यक्रममा उनलाई जेष्ठ नागरिक चौतारीले आजीवन सदस्यद्धारा सम्मान गरेको थियो । डा.बस्नेत प्रजनन स्वास्थ्य विज्ञ हुन् ।

संस्थालाई आगामी दिनमा अझ धेरै सहयोग गर्ने प्रतिबद्धता समेत गर्दै डा. बस्नेत मन्तब्यको क्रममा भावुक बनेकी थिईन् । जेष्ठ नागरिक चौतारी ठेचोले हरेक हप्ता जेष्ठ नागरिकको लागि सुगर र ब्लड प्रेसर चेक गर्दै आएको छ । आफ्नो शुरुवात कालदेखि जेष्ठ नागरिकको क्षेत्रमा कार्य गर्दै आएको चौतारीले भावी दिनहरुमा हझ धेरै सेवालाई विस्तार गर्ने अध्यक्ष बालकृष्ण थापा मगरले बताए । कार्यक्रमको भिडियो लिंक