ललितपुर । गोददावरी नगरपालिकाको बज्रवाराही अस्पतालमा ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई निशुल्क उपचार हुने भएको छ । केहि दिन अघि ठेचोको जेष्ठ नागरिक चौतारीले आयोजना गरेको कार्यक्रममा बोल्दै नगर प्रमुख गजेन्द्र महर्जनले उक्त जानकारी दिएका हुन् । जेष्ठ नागरिकहरु बज्रवाराही अस्पतालमा भर्ना भई उपचार गर्नु परेमा उपचार निशुल्क गरिपनि प्रचारको कमीले उक्त जानकारी धेरै नगरवासीमा नभएको गुनासो पोखे । भर्ना गरेको अवस्थामा मात्र विरामीलाई निशुल्क नगरि सम्पूर्ण उपचारमा सहयोग गर्न आम नगरवासीले नगर प्रमुखलाई माग गरेका छन् । उक्त बोलेको भिडियो लिंक:
https://youtu.be/fkZiJUBy6a4
Leave a Reply