काठमाडौं । आदिवासीहरूका लागि संयुक्त राष्ट्रसंघको स्वेच्छिक कोषको सल्लाहकारमा पत्रकार देवकुमार सुनुवार मनोनीत भएका छन् । एसिया र प्रशान्त क्षेत्रका आदिवासी जनजातिहरूको प्रतिनिधिका रूपमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सुनुवारलाई मनोनित गरेका हुन् ।
पत्रकार सुनुवार राजधानीबाट प्रसारण हुने इन्डिजिनियस टेलिभिजनका अध्यक्ष हुने । सुनुवारको सन् २०२१ जनवारीदेखि तीन वर्ष कार्यकाल हनेछ ।
सुनुवारले सन् २०१५ देखि संयुक्त राष्ट्रसंघ अन्तर्गत इन्डिजिनियस मिडियाको नेतृत्व गर्दै आएका छन् । साथै राष्ट्रसंघको रेडियो, टेलिभिजनमा आदिवासीहरूको आवाज समेट्न र आदिवासीहरूले सञ्चालन गरेको सञ्चारमाध्यमलाई सहयोग पु¥याउने भूमिका निर्वाह गर्दै आएका छन् ।
Leave a Reply