कुमारीपाटीको विद्युत खम्बामा आगलागी (भिडियो सहित)

ललितपुर । कुमारीपाटी स्थित विद्युतको खम्वामा आगो लागेको छ । ललितपुर महानगरपालिकाका नगरप्रहरी र इन्टरनेट कम्पनिका ब्यक्तिहरुले लथालिंग भएको ईन्टरनेटको तार मिलाउन लाग्दा विद्युत सट भएर आगो लागेको हो । ललितपुर महानगरपालिकाले नगरभित्रका लथालिंग इन्टरनेट र टेलिकमका तारहरु ब्यवस्थित गर्न केहिदिन देखि नगरप्रहरीको सक्रियतामा कार्य शुरु गरेको थियो । खम्वामा विद्युतको तार अस्तब्यस्त रहेकोले आगो लागेको महानगर प्रहरी प्रमुख सीताराम हाछेथुुले आरोप लगाए । लगनखेल विद्युत वितरण केन्द्रका प्रमुख राम दुलार यादवले इन्टरनेटकै बक्सको करेन्टका कारण आगो लागेको हुन सक्ने बताए । ‘विद्युतको तार कुनैपनि हालतमा नांगो हुनै सक्दैन, नांगो हुँदो हो त सबै घरहरुमा समस्या आउँथ्यो” उनले भने । स्थानीयले नगरप्रहरी र इन्टरनेट कम्पनिले बिना अध्ययन तार काट्दा लापरवाही भएको बताएका छन् । आगलागीले घरको झ्यालको सिसा फुट्ने लगायत खम्वाको तारहरु जलेको छ ।
उक्त आगलागी भएको स्थानको भिडियो लिंक तल छ ।

video link: