चापागाउँ सडकमा बिहानै गाडी दुर्घटना

ललितपुर । गोदावरी नगरपालिका वडा नं. १० को चापागाउँ-टाहाखेल सडकमा बिहानै गाडी दुर्घटना भएको छ । लगनखेल -चापागाउँ रुटमा चल्ने बा४ख ४०३१ नं.को बसले टाहाखेल सडकको बिपरीत साइडमा रोकिरहेको बा ४३ च ५६२० नं.को बोलेरो पिकअपलाई ठक्कर दिएको हो । चापागाउँ तर्फबाट टाहाखेल जाँदै गरेको बसका चालक रामकृष्ण महर्जनले बसमा बे्रक नलागेको बताएका छन् । उनले भने ‘अर्को तर्फबाट ट्याक्सी आईरहेको थियो, गुडेको गाडीलाई ठोक्ला भनेर यता च्यापे ।”
चालक शकुशल छन् । चापागाउँ -टाहाखेल सडकमा अब्यवस्थित पाकिंगं गरेको देखिन्छ । रातको समयमा गाडीहरु  सडकमा नै पाकिंग गर्ने गरेका छन् ।। वडा कार्यालयले अब्यवस्थित पाकिंगलाई निषेधित गरे पनि हालसम्म कुनै ट्राफिक कारवाही भएको देखिन्न ।