सांसद शोभा शाक्य लक्षण सहितको कोरोना संक्रमित

ललितपुर । बागमती प्रदेश सांसद शोभा शाक्यलाई कोरोना संक्रमण भएको छ । गत आईतवार देखि ज्वरो र रुघा लागेपछि जाँच गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो । खानाको स्वाद नभएको, बास्ना थाहा नहुने ,ज्वरो , रुघा लगायत स्वाँ स्वाँ सहित कोरोनाको धेरै लक्षण आफुमा रहको उनले बताईन् । हाल उनी होम आइशोलेशनमा छिन् । सांसद शाक्य विगत केहि दिनदेखि तातो भात अभियान लगायत अन्य थुप्रै सामाजिक कार्यमा सक्रिय थिईन् । तातोभात अभियान अन्तर्गत सडकमा एक छान खान नसक्ने गरिवहरुका लागि खाना बाड्ने गरिन्थ्यो । शाक्य प्रदेशमा साझा पार्टीको तर्फबाट प्रतिनिधि हुन् ।