भोलिदेखि सुनाकोठी सडक सुचारु, तिहार लगत्तै पिच नभए शसक्त आन्दोलन गर्ने चेतावनी

ललितपुर । अनिश्चितकालीन रुपमा बन्द हुदै आएको सुनाकोठीको सडक भोलि (मंगलवार) देखि खुल्ने भएको छ । ललितपुर महानगरपालिका वडा नं. २६ र २७ ले संयुक्त रुपमा प्रेस विज्ञप्ति मार्फत गत १६ गते देखि बन्द भएको सडक खुल्ने जनाएको छ । तिहार पर्व नजिकिदै गरेको र ठेकेदारले समेत सडक निर्माण कार्य शुरु गरेको भन्दै सुनाकोठी संघर्ष समिति समेतले यस्तो निर्णय गरेको हो । वडा कार्यालयको संयुक्त प्रेस विज्ञप्तिमा तिहार लगत्तै सडक पिचको कार्य सुचारु नभएमा अझ शसक्त रुपमा कडा बन्दको कार्यक्रम गर्ने समेत उल्लेख गरिएको छ ।

‘घरबेटीलाई नमस्कार, पिच गर्नेलाई पुरस्कार’ भन्दै सुनाकोठी सडक अवरुद्ध