पशुपतिका पालवाला भण्डारी पक्राउ , छुटाउन नेताको दवाव

काठमाडौंं । पशुपति मन्दिरका पालवाला पुजारी केदारमान भण्डारी पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर टेकुद्धारा साइबर क्राइमको आरोपमा उनलाई आज गुह्येश्वरी मन्दिर परिसरबाट प्रहरीले पक्राउ गरेको हो । भण्डारीले केहि दिन अघि पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मिलनकुमार थापालाई सामाजिक सञ्जालमा गाली गर्दै फोटोमा कालोमसीले काट्टी गरी अपमान गरेका थिए । पाशुपत क्षेत्रस्थित गुह्येश्वरी मन्दिरको गर्भगृहमा रहेका अष्टदल र भैरवको मूर्तिमा प्रयोग गरिएको सुन एक सय ७३ तोला कम पाइएको थियो। यसै सन्दर्भमा कोषाध्यक्ष थापाले उक्त सुन हराएको वारे छानविन गर्ने बताएका थिए । यसको समाचार केहि पत्रिकामा प्रकाशन भएपछि पुजारी भण्डारीले समाचारको स्क्रिन सट र कोषाध्यक्ष थापाको फोटो आफ्नो फेसबुकमा राखि गाली गलौज गरेका थिए । त्यसैगरि यसपालीको दशैंमा गुह्येश्वरी मन्दिरमा ईतिहास कालदेखि चल्दै आएको घटस्थापना देखि महानवमी सम्म पञ्चामृत पुजा र चण्डी पाठ गर्ने चलनको पनि निरन्तरता भंग भएको छ । जुन पुजा राष्ट्रको शान्तिका लागि गरिने गरिन्छ । तर सुनको विषयमा यसपाली कुरा उठेपछि भण्डारी र पुजारीका समुहले कोषका पदाधिकारीलाई मन्दिर छिर्न समेत बन्देज लगाएका थिए ।

यसै विषयमा समाचारहरु प्रकाशित भएपछि पशुपति सेवक संघका अध्यक्ष समेत रहेका केदारमान भण्डारीले पदाधिकारीहरु प्रति युटुव र फेसबुक मार्फत आक्रोश ब्यक्त गरेका थिए भने कोषाध्यक्षलाई अपमान समेत गरेका थिए । केही दिनदेखि प्रहरीले उनको खोजी गर्दै आएको थियो भने उनी फरार थिए ।
यसै विषयमा साईवर क्राईम अपराधमा भण्डारी पक्राउ परेका छन् भने उनलाई छुटाउन बागमती प्रदेशका सांसद नरोत्तम वैद्य दौडधुपमा छन् ।

http://krishunamedia.com/2020/10/22/2969/