रौतहट ।फतुवा विजयपुर नगरपालिकाले जिल्लामै पहिलो पटक नगरवासीको विधुत महसुल तिर्ने व्यवस्था गरेको छ । हिजो (शुक्रवार) सम्पन्न भएको चौथो नगरसभाले फतुवा विजयपुर नगरपालिकाले नगर भित्रका सम्पुर्ण उपभोक्ताको विधुत महसुल तिर्ने निर्णय पारित गरेको छ ।
जिल्लामा रहेको १८ स्थानीय तहमध्ये अहिलेसम्म कसैले पनि सर्वसाधारण जनताको विधुत महसुल तिर्ने निर्णय गर्न नसकेको अवस्थामा फतुवा विजयपुर नगरपालिकाले पहिलो पटक सर्वसाधारणको विधुत महसुल तिर्ने निर्णय गरेको हो ।
नगरपालिकाको चौथो नगरसभा हिजो सम्पन्न भएको छ । आफ्ना चौथो नगरसभाद्धारा नगरपालिकाले नगरको समग्र विकासका लागि ५४ करोडभन्दा बढी बजेट पारित गरेको छ ।
नगरसभाले यस चालु आर्थिक वर्षको लागि निर्धारण गरेको निती तथा कार्यक्रममा नै यस वर्षदेखी नगरका सम्पुर्ण जनताको विधुत महसुल नगरपालिकाले नै व्यहोर्ने व्यवस्था गरेको हो ।
आम नागरिकको विधुत महसुल तिर्नको लागि नगरपालिकाले ७० लाख भन्दा बढी बजेट विनियोजन गरेको छ ।
यस वर्षदेखी अब कसैलाइ पनि विधुत महसुल तिर्न नपर्ने र सो महसुल नगरपालिकाले नै तिरिदिने मेयर गोपाल यादवले बताएका छन ।
यस वर्षको निती तथा कार्यक्रममा नगरको विभिन्न ठाउँमा भौतिक पुर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य , कृषि लगाएत कार्यलाई विशेष प्राथमिकता दिएको मेयर यादवले बताए ।
Leave a Reply