काठमाडौं । सांस्कृतिक संस्थानले सी.एम. ट्रेडिङ इन्टरप्राइजेज प्रालीसँग भएको ३० वर्षे सम्झौता भंग गरी नेपाल दुरसञ्चार प्राधिकरणसँग नयाँ सम्झौता गरेको छ । काठमाडौंको जमल स्थित संस्थानको स्वामित्वमा रहेको सपिङ कम्प्लेक्स तथा अन्डरग्राउण्ड पार्किङ क्षेत्र सञ्चालन तथा व्यवस्थापनका लागि सी.एम. ट्रेडिङ र संस्थान बीच २०६४ सालमा ३० वर्षे सम्झौता भएको थियो । अत्यन्त न्युन दरभाउमा सम्झौता भएको भन्दै सुरुदेखी नै उक्त सम्झौता माथी प्रश्न उठ्ने गरेको थियो ।
सी. एम. ट्रेडिङसँगको सम्झौता अनुसार आ.व. २०७७।०७८ सम्म आइपुग्दा प्रति वर्गफिट मासिक लगभग २० रुपैयाँ मात्र थियो । सोही स्थान नेपाल दुरसञ्चार प्राधिकरणसँग मासिक प्रतिवर्गफिट ७० रुपैयाँ भाडा दर कायम गरी सम्झौता भएको छ । सो क्षेत्रमा प्रति वर्गफिट प्रतिमहिना ८० देखी एकसय रुपैयाँसम्म चल्ति रहेको छ ।
‘सी. एम. ट्रेडिङसँग भएको एकपक्षीय सम्झौता भंग गरी नेपाल दुरसञ्चार प्राधिकरणसँग जीटुजी मोडेलमा नयाँसम्झौता गरेका छौं’, संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले भने, ‘संगीन अवस्थामा गुज्रिरहेको संस्थानमा अनेकन समस्या छन् । संस्थानको समृद्धिका लागि निर्मम भएर त्यस्ता समस्याको समिक्षा गर्न जरुरी छ ।’
गत पुसदेखि कार्यभार सम्हालेका महाप्रबन्धक राईले सांस्कृतिक संस्थान सुधारका लागि २२ बुँदे कार्ययोजना प्रस्तुत गर्दै सी. एम. ट्रेडिङसँग भएको एकपक्षीय सम्झौतालाई पुनरावलोकन गरिने पनि उल्लेख गरेका थिए ।
‘यसअघि संस्थानले आफ्नै पार्किङ क्षेत्र समेत प्रयोग गर्न पाएको थिएन । अव त्यो समस्या समाधान भएको छ, पार्किङ सुविधाका कारण अव हल अक्युपेन्सी पनि बढ्ने अपेक्षा गरका छौं’, महाप्रबन्धक राईले भने । लोकसंस्कृतिको संरक्षण, सम्वद्र्धन तथा विकासका लागि सांस्कृतिक संस्थानको समृद्धि आवश्यक रहेको उनको भनाइ छ ।
सांस्कृतिक संस्थान सञ्चालन समितिका अध्यक्ष प्रेमनाथ अधिकारीले संस्थानको समृद्धिका लागि पुरानो सम्झौता बाधक भएको बताए । ‘संस्थानको समृद्धिका लागि सी. एम. ट्रेड्रिसँगको सम्झौता भंग हुनु जरुरी थियो’, अध्यक्ष अधिकारीले भने, ‘संस्थानमा अरु पनि केही जटिल समस्या छन् । हामी एकएक गर्दै समाधानका लागि अघि बढेका छौं ।’
सी. एम. ट्रेड्रिङसँगको सम्झौताअनुसार आ.व. २०७७।७८ मा संस्थानले लगभग एक करोड तिस लाख रुपैयाँ प्राप्त गथ्र्यो भने दुरसञ्चार प्राधिकरणबाट दुई करोड पाँच लाख रुपैयाँ प्राप्त गर्ने भएको छ । नयाँ सम्झौतामा प्रत्येक दुई वर्षमा १० प्रतिशतका दरले भाडा वृद्धि हुने पनि उल्लेख छ ।
अध्यक्ष अधिकारीका अनुसार सी. एम. टे«डिङसँगको सम्झौता भंग गरेपछि नेपाल दु्रसञ्चार प्राधिकरणसँग जीटुजी मोडेलमा तत्काल सम्झौता भएकाले संस्थानको स्वामित्वमा रहेको सपिङ कम्प्लेक्स खाली राख्नु परेन । ‘नयाँ सम्झौतामा प्रति वर्गफिट प्रतिमहिना ७० रुपैयाँ काम भएको छ । टेन्टर मार्फत गएको भए समय लाग्थ्यो तर अझ बढी दर कायम हुन सक्थ्यो’, अध्यक्ष अधिकारीले भने ।
सांस्कृतिक संस्थानको सपिङ कम्प्लेक्समा ३० वर्षे सम्झौता भंग, दुरसञ्चार प्राधिकरणसँग नयाँ सम्झौता

Leave a Reply