ललितपुरमा थपिए २६१ कोरोना सङ्क्रमित

ललितपुर । कोरोनाको त्रास बिस्तारै बढ्दो छ । यो त्रासबाट ललितपुर पनि अछुत हुन सकेको छैन । स्वास्थ्य कार्यालय ललितपुरको तथ्यांक अनुसार ललितपुरका विभिन्न स्थानीय तहमा कोरोना सङ्क्रमण बढेको देखिन्छ ।
आज ललितपुर महानगरपालिकामा १२ महिला र १०७ पुरूष गरि जम्मा १९९ जना, त्यस्तै महालक्ष्मी नगरपालिकामा २१ महिला र ३० पुरूष गरि जम्मा ५१ जना, गोदावरी नगरपालिकामा ४ महिला र ६ पुरूष गरि १० जना र महांकाल गाउँपालिकामा १ महिलामा आज सङ्क्रमण पुष्टि भएको छ ।
ललितपुरमा जम्मा सङ्क्रमित ३२६२ रहेकोमा १८०३ले कोरोना जितेका छन् भने २९ जनाको मृत्यु समेत भइसकेको छ । हाल सक्रिय सङ्क्रमितको संख्या १४३० रहेको छ ।