गोदावरी नगरपालिका १० नंं.का वडाअध्यक्ष दर्शन कुमार विष्टसंग कोरोनाको सम्वन्धमा गरिएको अन्तर्वार्ता

ललितपुर । कोरोना भाईरसको प्रकोपका वारेमा गोदावरी नगरपालिका वडा नं. १० का वडा अध्यक्ष दर्शनकुमार विष्ट संग हामीले कुराकानी गरेका थियौं । प्रस्तुत छ, उहाँसंग कृशुणा मिडियाकर्मी प्रमिसा दाहाल र सुष्मिता अधिकारीले गर्नुभएको कुराकानी ।

  • प्रश्नः अहिले कोरोना फैलने क्रममा छ, त्रास बढिरहेको अवस्थामा गोदावरी नगरपालिका वडा नं. १० को अवस्था कस्तो छ ?
    कोरोना फैलिएको लगभग ७ महिना भइसक्यो, लकडाउन गर्दै आउँदा पनि अहिले लगभग एक डेढ महिना अघि देखि नै अलिकति संक्रमित बढि देखिन थालेको बेला नगरपालिकाका केहीकेही ठाउमा देखिएकोमा अहिले १० नं. वडामा पनि २०÷२२ जना सङक्रमित भेटिसकेको छ ।
  • प्रश्न. सङक्रमणलाई कसरी नियन्त्रण गर्ने प्रयास भएको छ ?
    पहिला सुरुमा चाहि पटकपटक वडाबाट अर्को वडामा जथाभावी नजानका लागि आग्रह ग¥यौँ र बाहिर बाट पनि अनावश्यक काममा नआउन आग्रह ग¥यौँ । यति गर्दा त्यति बेलासम्म नियन्त्रण नै थियो । अहिले बीचमा चाँहि ल्याव तथा अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरुबाट पनि ४÷५ जनामा सङक्रमण भेटिएको थियो । त्यसपछि उहाँहरुलाई सङक्रण देखिएपछि परिवारहरुलाई परिक्षण ग¥यौँ । परिवारमा परिक्षण गर्दा पनि केही समय परिवारलाई नदेखिएको अवस्था भए पनि विस्तारै सङक्रमण देखिएपछि स्वाव सङकलन तथा परिक्षणको दायरा बढाउदै जाँदा अहिले दुई चार वटा बस्तीहरुमा बढेको छ । सङक्रमितको सम्पर्कमा आएका व्यक्तिलाई चाँडै सर्ने हुदा फैलिने अवस्था बढी देखिन्छ ।
    प्रश्न. अहिले गोदावरी १० कत्तिको जोखिममा छ जस्तो लाग्छ ?
    गोदावरी १० मा पहिलेको तुलनामा जोखिम बढेकै छ । सवारी साधन खुल्ने, चाँडबाड नजिकीदै गर्दा मान्छे आउने जाने, चाँडपर्वका लागि केही सामान आवश्यक सामाग्री जोड्ने काम पनि गर्नुपर्छ, लकडाउनले आयआर्जन नभएको अवस्थामा जहाँ पुगेर जसरी पनि कमाएर ल्याउनुपर्छ भनेर मानिस आवतजावत गर्ने हुँदा सङ्क्रमणको जोखिम बढ्दो छ ।
    प्रश्न. अहिले सबै कुरा खुल्न त सबै कुरा खुलिसकेको अवस्था छ तर पनि यो अवस्थामा यहाँका श्रमिकहरुको अवस्था कस्तो छ त?
    ६ -७ महिनाको लकडाउनले जुनजुन पेसामा आवद्ध छन्, ती सबैलाई असर गरेको छ । दैनिक ज्याला मजदुरी गरेर खाने श्रमिकहरुलाई जताततै काम ठप्प भएपछि त अरुको भन्दा बेग्लै खालको पिडाहरु उहाँहरुमा परेको छ । केही कोठा छोडेर आफ्नो स्थायी ठेगाना तर्फ लाग्नुभयो कतै काम खुल्छ अनि गरौँला भनेर बस्नेहरु मात्र यहाँ हुनुहुन्छ । जसले गर्दा श्रमिकहरुलाई चाही त्यतिबेला हामीले नगरपालिकाबाट विभिन्न सहयोग गरेका हौं , तर त्यति सहयोग पर्याप्त हुँदो रहेनछ ।
  • प्रश्न. केके सहयोग गर्नुभएको छ ?
    हामीले खाद्यसामग्री वितरण गरेका थियाँै । पर्याप्त मात्रामा वितरण गर्न सकिँदो रहेनछ र उहाँहरुको आवश्यकता एकथरि हुन्छ र नगरपालिकाले अर्को थरी सम्बोधन गर्दैमा श्रमिकलाई सहज भयो भनेर चाहीँ भन्न सकिदैन ।
  • प्रश्न. सुरुमा त त्रासको अवस्था धेरै थियो । अहिले छ÷सात महिनाको अवधिमा कोरोनालाई सामान्य रुपमा लिँदै गएका पनि छन् । यो अवस्थामा यहाँका बासिन्दाहरुले माक्स लगाउने, सेनिटाइजर लगाउने तथा सामाजिक दुरी कायम गर्ने यी कुराहरु कतिको पालना गरेको देख्नुहुन्छ ?
    पटकपटक माइकिङ गर्ने, जनचेतनाका कार्यक्रमहरु लैजाने कामहरु त विभिन्न एन. जि. ओ तथा आइ. एन. जि. ओ. जस्ता संघ सस्थाहरुले सहयोग गर्दै आउनुभएको थियो । साबुन पानीले हात धुने, सामाजिक दुरी कायम गर्ने, माक्स लगाउने, सेनिटाइजर लगाउने सबै कुरामा उहाँहरु सचेत हुनुहुन्छ र अहिले सबै विधि अपनाए ता पनि सामाजिक दुरी कायम मैँले पनि राम्रो ढङ्ले गरेको छु भनेर भन्न सक्दिन । यो दक्षिण ललितपुरको सदरमुकाम र भिडभाडको क्षेत्र भएकोले हामीले पटकपटक विभिन्न खाद्यपसल तथा व्यवसायीहरुलाई तपाँईहरुले यस्ता कुरा अपनाउनु भन्दा अब यो कोरोना केही होइन भन्ने रुपमा लिन थालिसकेको पनि देखिन्छ । तर यो भयावह अवस्था सुधार्नु पर्छ । सामाजिक दुरी कायम गर्न प्रहरी प्रशासन बाट प्रयत्न गर्दा पनि अन्त्य गर्न सकेका छैनौँ ।
  • प्रश्न नं. कोरोना नियन्त्रणका लागि नगरपालिकाले गरेको पहलमा कतिको सन्तुष्ट हुनुहुन्छ ?
    कोरोना नियन्त्रणका लागि जनचेतना फैलाउने, साबुन पानीले हात धुने, माक्स लगाउने, घरेलु औषधि तातो पानी खाने देखि लिएर गुर्जोको पद्धति अपनाइरहेका छन् । सामान्य रुघाखोकी लाग्दैमा हस्पिटल दौडिनु हुदैन घरमा नै बसेर त्यसको नियन्त्रण गर्नुपर्छ भन्ने कुरा सचेतनामूलक कार्यक्रम नगरपालिका तथा वडाहरु मिलेर गरिरहेका छौँ । खाद्यान्न सङकट परेकालाई हिजोआज पनि विभिन्न सङघ सस्था दातृ निकायहरुले खाद्यान्न सामाग्रीहरु विभिन्न टोलमा वितरण गरिरहेका छन् र मानिसले सङ्कटको बेलामा आफूलाई घरमा खान पुग्ने छ भने त्यस्ता मान्छेले खाद्यान्न नहुनेलाई दिनु भन्ने भावना पलाओस् भन्ने मेरो अपेक्षा हो ।
  • प्रश्न. यस्तो भावना राख्ने ब्यक्ति कत्तिको पाउनुभएको छ ?
    यस्तो भावना राख्ने मैले अत्यन्तै न्यून पाएको छु । यो सङ्कट कहिले सम्म रहन्छ त थाहा छैन । हामीलाई पनि सङ्कट पर्न सक्ला त्यो अलग कुरा हो । तर अहिले आफूसँग भएसम्म राज्यले दिएको हो, मेरोमा १ बोरा चामल भएर के गर्नु १ बोरा लिन पाए अर्को महिनालाई हुन्छ भन्ने सोचाइ नराखिदिए भोलि गुजारा चलाउन मुस्किल परेकाले पनि तत्काल राहत पाउथेँ भन्ने तिर पनि ध्यान दिए राम्रो हुने थियो ।
  • प्रश्न. नगरपालिकाको विपद् व्यवस्थापन समितिले अहिले गरिरहेको कार्यमा सन्तुष्ट हुनुहुन्छ ?
    विपद् व्यवस्थापनले आफ्नो ठाउँबाट हरेक कुराहरु सुचना प्रवाह देखि लिएर जनचेतनाका कार्यहरु गरेको छ, त्यसमा सन्तुष्ट छौ । राहतका वितरणका कुरामा विपत व्यवस्थापनले जनताको खाद्य सङ्कट देखि लिएर सबै कुरा सन्तुष्ट परियो भन्ने अवस्था छैन ।
  • प्रश्नः सङ्क्रमण बढ्दै गएको अवस्थामा आइसोलेसन र क्वारेन्टिन कत्तिको प्रभावकारी छ ?
    गत चैत ११ गते देखि लकडाउन भएपछि हामीले आइसोलेसन, क्वारेन्टिन व्यवस्थित रुपमा चलाएकै हाँै । १० नं. वडामा पनि हामीले लगभग गोदावरी नगरपालिकालाई नै धान्ने हिसाबले साग्रीला स्कुलमा क्वारेन्टिनको व्यवस्था गरेका थियौं । त्यहाँ खाना खाने देखि लिएर सबै कुरा व्यवस्थित छ । यसपछि लकडाउन खुकुलो हुँदै जादाँ र लकडाउनको अन्त्य भएपछि स्कुलहरु केहि समयपछि सुचारु गर्नुपर्छ भनेर त्यसलाई ब्रेकडाउन ग¥याँै । त्यसपछि फेरी सङ्क्रमण बढ्ने स्थिती देखियो । राज्यले पनि हरेक पालिकाहरुले आफूले व्यवस्थित गर्नुपर्छ भन्ने कुरा आएपछि हामीले अहिले ४ नं. नम्बर वडामा आइसोलेसनको व्यवस्था गरेका छौं र विरामी भएको अवस्थामा हामीले अस्पताल जानलाई नै आग्रह गर्छौ र प्राय अहिले होम आइसोलेसनमा हुनुहुन्छ ।
  • प्रश्न. जनताको सुरक्षाको लागि तपाईको आफ्नो पहल चाहि के हुन सक्छ ?
    अहिले सम्म हामी टोल टोल मा के छ? कस्तो छ ? त्यहाँको अवस्था कस्तो छ ? बुझ्नलाई हाम्रो सदस्यदेखि स्वयंसेवक तथा संघ सस्थाहरु हरेक दिन खटिनुभएको छ र मेरो कुरा गर्ने हो भने कही गर्नका लागि कुनै स्थानमा उपस्थित हुनु पर्छ भन्नासाथ यस्तो समयमा जनताका लागि समर्पित हुन बेलुकाको जति बजे नै भएपनि म उपस्थित हुन तयार छु । आफ्नो मनोज्ञानले भ्याएको सहयोग गर्ने भनेरै आएको हुँ र गरिरहेको पनि छु । जहाँसम्म लाग्छ, वडा अध्यक्षकै भुमिकालाई लिएर कसैले टिकाटिप्पणी गरेजस्तो लाग्दैन । आफू लागि पर्नुपर्ने ठाउँमा लागि परेको छु भन्ने आफ्नो सोचाइ छ ।
  • प्रश्नः गोदावरी १० नं. वडा तथा समग्र गोदावरीवासीलाई यस्तो समयमा जोगिन कस्तो सुझाव दिन चाहनुहुन्छ ?
    गोदावरी नगरपालिकालाई कसरी सुरक्षित राख्ने र कुन सावधानी अपनाउँदा
    ठिक हुन्छ र न्यूनिकरण गर्न के गर्नुपर्छ भन्ने विषयमा नगरपालिकामा पटकपटक बोर्ड बैठक बसेर छलफल चलाएका छौँ । कोरोना देशभित्र आइसकेपछि गोदावरी नगरपालिकामा मात्र भएपनि छिर्न नदिउ भन्दा भन्दै पनि केही मात्रामा देखा परिसकेको छ । विद्यालय सञ्चालन गर्ने भन्ने कुरा पनि आएको थियो । हामीले त्यसमा रोक लगायौँ र हरेक भेला हुने ठाउँ हामीले खुल्ला नगर्न आग्रह गरिरहेका छौँ । ठूला होटल, रेष्टुरेन्ट, जिम खाना, मठमन्दिर नखोल्न आग्रह गरेका छौँ । यो एउटा व्यक्तिले मात्र नियन्त्रण गर्न खोजेर हुँदैन । सबै जनता सचेत हुनु आवश्यक छ । एकजनाले चेतना फैलायो अर्कोैले मलाई केही भएको छैन र के हुन्छ भन्ने भावना बढेको हो की जस्तो लागेको छ, भिडभाड नगर्न पनि आग्रह गरेका छौँ । र अहिले सामाजिक दूरी कायम गर्नु नै कमि ल्याउने उपाए हो जस्तो लाग्छ ।