सवारी साधन हराएमा अनलाईन बाटै निवेदन दिन सकिने (निवेदन दिने तरिकाको भिडियो सहित)

काठमाडौं । हराएको, चोरी भएको वा फेला परेको सवारी साधनको अव अनलाईन मार्फत निवेदन दिन सकिनेछ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा ‘Lost & Found Vehicle Record System” सफ्टवेयरको एक कार्यक्रमका बीच महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले हिजो (आइतवार) उद्‍घाटन गरेका थिए ।
महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकालले हराएको ,चोरी भएको वा फेला परेको सवारी साधनको अभिलेख व्यवस्थापनको लागि  सफ्टवेयर सञ्चालनमा ल्याएको बताए । अनलाईन सेवा सुरु भएसँगै निवेदन र सिफारिसको लागि ट्राफिक कार्यालय धाउनुपर्ने दिनको अन्त्य भएको छ र सेवाग्राहीले घरैबाट निवेदन दिन सकिने र सवारी साधन फेला परेको जानकारी लिन सकिने वताए । उक्त आवेदन उपत्यकाको तीन जिल्लामा लागु रहनेछ ।
यसको लागि सवारी धनीले अब ट्राफिक प्रहरीको वेबसाइट traffic.nepalpolice.gov.np मा गएर फर्म भर्नुपर्ने हुन्छ ।
फर्म भर्ने तरिका वारे ट्राफिक प्रहरी महाशाखाद्धारा निर्मित भिडियो तल प्रस्तुत गरिएको छ ।