ललितपुरः इँटा उद्योग तथा अन्य क्षेत्रमा जोखिम मोलिरहेका बालबालिकाहरुको उद्धार राहत, अस्थायी संरक्षण, स्वास्थ्य उपचार , मनोसामाजिक सहयोग, पारिवारिका पुनर्मिलन तथा पुनसर््थापना समेत गराउनको लागि ललितपुर महानगरपालिकामा बालकोष स्थापना गरिएको छ । बालविकास समाज तथा वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा उक्त कोष स्थापना गरिएको हो ।
बाल कोषका लागि बालविकास समाजको तर्फबाट तीन लाख रुपैयाँ हस्तान्तरण गरिएको थियो । बालविकास समाजका कोषाध्यक्ष सुरेन्द्र ढकालले महानगरपालिकाका उपप्रमुख गीता सत्यालाई चेक हस्तान्तरण गरे ।
महानगरको वडा नं. २२ मा इँटा उद्योगमा रहेका बालबालिकाको लागि समाजले उत्थानशील विकास परियोजना संचालन गरिरहेको छ । बालबालिको हितका लागि काम गरेकोमा उपप्रमुख सत्यालले बालविकास समाज र वल्र्ड भिजन इन्टरनेशनललाई धन्यवाद दिइन् । उनले महानगरपालिकाको २९ वटै वडामा वडा स्तरी बालअधिकार समिति र महानगरस्तरीय बालअधिकार समिति सक्रिय बनाई बाल कोषको रकम जोखिममा रहेका बालबालिकाको संरक्षणको लागि खर्चिर्ने प्रतिबद्धता व्यक्त गरिन् । जोखिममा रहेका बालबालिकाको सहयोग र संरक्षणका लागि सहयोग गर्न पाउँदा खुशी लागेको उनको भनाइ थियो ।
ललितपुर महानगरमा बालकोष स्थापना

Leave a Reply