प्रमिसा दाहाल\सुस्मिता अधिकारी
ललितपुर । चापागाउँको नेवार वस्ती प्याङ्गाउँ टोलको मध्य भागमा प्याङ्गाउँ पोखरी रहेको छ ।जसको संरक्षणका लागि प्याङ्गाउँ युवा संस्कृति संरक्षण समाज लागि परेको छ भने हाल यही क्लब द्वारा पोखरीमा माछा पालन पनि गरिएको छ । माछा पालनका लागि आधिकारिक परिपत्र नगरीए पनि यस क्लबका युवाहरूले नगरपालिकासँग मिलेर दुई बर्ष यता देखि माछा पालन गर्दै आएका छन् ।
यस पोखरीको छुट्टै सांस्कृतिक मान्यता रहेको हुनाले यसलाई जोगाउनु पर्छ भन्ने मानसिकताले यहाँ बाहिरी र भित्री पर्खाल लगाएर पोखरी व्यवस्थापन गरिएको छ । प्याङ्गाउँ विकास सभा संरक्षण समितिले ३ बर्ष लगाएर बाहिरी पर्खाल बनाएको थियो । जुन समिति हाल निस्कृय रहेको छ । यस पर्खाल निर्माणका लागि तत्कालिन जिविस तथा गाविसबाट सहयोग प्राप्त भएको थियो । पछि गोदावरी नगरपालिकाबाट प्राप्त रु.२५ लाख सहयोगका आधारमा प्याङ्गाउँ संस्कृति संरक्षण युवा समाजले भित्र पर्खालको निर्माण सकेको छ ।
पहिले यस पोखरीको पानी सफा र सुद्द हुने हुदाँ पानी पिउन समेत प्रयोग गरिने कुरा यहाँका स्थानीय अनुसन्धानकर्ता माहिला महर्जनले बताए ।तर अहिले पोखरीमा सुद्द पानी हाल्ने श्रोत नभएकाले लुगा धोएको तथा वर्षा याममा परेको फोहोर पानी मात्र जम्मा हुने गरेको उनी बताउँछन् ।यस पोखरीलाई पुरेर बस पार्क तथा सटर बनाउन नगरपालिकाले प्रयत्न समेत गरेको थियो तर यस पोखरीको सांंस्कृतिक महत्त्व छुट्टै भएकाले संकृति जोगाउन आफु लागि परेको अनुभव साटे । यसलाई पर्यटकीय क्षेत्र बनाउन पहल गरौं भन्दै महर्जन आफैंले विरोध गरेको र यस कुरा प्रति विरोध र समर्थन भै रहदा अहिले पोखरी नपुरीएको प्रति उनी खुसी व्यक्त गर्नेछन् ।
देख्दै फोहोर लाग्ने, कसैले मान्यता भित्र नराख्ने तथा अनौठो दृश्य भए झैं नलाग्ने यो पोखरीको छुट्टै मान्यता रहेको छ ।
उहीले यो पोखरीमा पानी नसुकुन्जेल उपत्यका भरी पानीको समस्या नहुने तथा जेठ असारमा यहाँ पानी भरीए पछि उपत्यकामा रोपाइँ भयो भनेर बुझ्न सकिने चलन रहेको समाजसेवी महर्जन बताउँछन् ।उनका अनुसार उपत्यकाका मानिसहरूले यस पोखरीमा पानी भए नभएको जानकारी लिने गर्दथे ।
महर्जन भन्छन्: “यसका अरू पनि तथ्य हुन सक्छन् तर यस बारे बुझ्नका लागि हामीसँग कुनै श्रोत छैन ।” यस पोखरीलाई थप व्यवस्थित र आकर्षक बनाउनका लागि पर्खाल व्यवस्थित बनाउने र फूलबारी बनाउने योजना भएको पनि उहाँले जानकारी दिनु भयो ।
Leave a Reply