प्रमिसा दाहाल\ सुष्मिता अधिकारी
विगत ४७ बर्ष देखि धामी पेसा अङ्गालेका चिरञ्जीवी महत भन्छन् “डाक्टरका परिवार पनि आउँछन् ।”
एकाइसौं शताब्दीमा पनि धामी माथि विस्वास नगर्ने जति छौं त्यो भन्दा बढी धामी माथि विश्वास गर्नेहरू छन् ।यसरी विश्वास गरेर फुके पछि निको भयो भनेर खुसी हुँदै फर्कनेहरू पनि धेरै छन् ।
आज हामी कुरा गर्दै छौँ दक्षिण ललितपुर गोदावरीमा विगत ४७ बर्ष देखि धामी पेसा अङ्गालेका चिरञ्जीवी महतको । उनले आफ्नो पुर्ख्यौली थलो गोटीखेल नकन्डोलमा रहदा वि.सं. २०३० बाट धामी पेसामा लागेका थिए ।
उनी पहिले गाउँमा कृषि पेसामा संलग्न थिए । आफ्नै परिवारका सदस्य बिरामी पर्ने तथा धामीलाई बोलाउँदा नआउने भए पछि उनले केही मन्त्र आफ्ना मावलीका हजुरबुबासँग सिकेको र सामान्य मन्त्र आफैंलाई आएको त्यस पश्चात् उक्त पेसा अङ्गालेको र अहिले गरिखाने पेसा नै यही भएको उनी बताउँछन् ।
बिरामी निको पर्ने नाममा गरिने काटमार भने उनी मन पराउँदैनन् । उनी यसरी कुखुरा तथा पाठाो बली दिएर बिरामी फुक्ने काम मन पराउँदैनन् । यहाँ फुक्न कै लागि टाढाटाढाबाट पनि मानिसहरू आउने गर्दछन ।यहाँ भक्तपुर देखि दक्षिण ललितपुरका विभिन्न स्थान माल्टा, प्युटार, फापरबारी लगायतका ठाउँबाट बिरामी फुक्न आउँने गर्दछन् ।उनी भन्छन् “दिनमा कम्तीमा ३० जना र बढीमा ६० जना सम्म फुक्न आउँछन् ।
यतीबेला कोरोनाको महामारी भएता पनि फुक्न आउने बिरामीको कमी नभएको उनी बताउँछन् तर भौतिक दूरी कायम गरि फुकी रहेको उनी बतबउँछन् । आफू माथि विश्वास गरेर यसरी फुक्न आउँदा र फुके पछि निको भयो भनी बिरामीले आफूलाई श्रेय दिदा छुट्टै खुसी लाग्ने कुरा उनी बताउँछन् ।
उनी गोदावरी नगरपालीका चापागाउँमा वि.सं. २०५२ मा बसाइँ सरी आएका थिए । उनले यो पेसा पैसाको लोभले भन्दा पनि सेवाको भावले अङ्गालेको तर पनि खुसी भएर आफ्नै विचारले पैसा दिदा पनि दिनमा १००० कमाइ हुने उनी बताउँछन् । उनले विगार परेको, नाग लागेको, लगान लागेको, खाना नरूचेको तथा नजर लागेको जस्ता समस्याको झारफुक गर्दछन् । यहाँ घाउ खटीराले पिडीत तथा बाहिरी कारणले बच्चा नभएका बिरामीहरू पनि अौषधि खानका लागि आउँछन् ।
एउटा बिरामीले सामान्यतया ३ पटक फुकेपछि निको हुन्छ । उनले रोगका लक्षण कस्ता हुन्छन् भन्ने स्वास्थ सम्बन्धि तालिम पनि लिएका कारण तीन पटक फुक्दा पनि निको नहुने बिरामीलाई उनी अस्पताल जान सुझाव दिन्छन् ।
उनी छरछिमेकी र आफ्ना आसपासका मानिसलाई मात्र फुक्ने काम गर्दैनन् । विदेशमा रहेका मानिसलाई पनि फोटो तथा भिडियो कल मार्फत झारफुक गर्ने काम गर्दन । उनी भन्छन् “यहाँ अस्पतालमा लामो समय देखि थल्लिएका रोगीहरू आउँछन् । फुके पछि निको भयो भन्छन् । यति होइन यहाँ साधारण व्यक्ति देखि डाक्टरका परिवार पनि आउँछन् । यसरी आफूले गरेको सेवामा जस पाउँदा छुट्टै खुसी लाग्छ ।”

Leave a Reply