ललितपुर । निषेधाज्ञाको कारण काम गर्न नपाएपछि आफ्नो पेट भोको रहेको बताउने गंगा बिकले खाद्यान्न लगायत अन्य घरायसी सामाग्री सहयोग पाएकी छिन् । गत मंगलवार कृशुणा मिडिया डटकमद्धारा प्रसारित भिडियो सामग्री हेरेर काठमाडौं बस्ने शुशील सुवेदी र उनका साथीहरुको समुहले सहयोग गरेको हो । गोदावरी नगरपालिका स्थित बज्रवाराहीमा फुड बैंक सञ्चालन हुँदाको बखतमा प्रशासनबाट राहत रोकेको भन्दै मिडियासंग गंगा बिक रोएकी थिईन् । कृशुणा मिडियाले उक्त भिडियो आफ्नो समाचारमा प्रशारण गरेको थियो, कारुणिक दृश्य देखिने उक्त भिडियो देखेपछि मिडियासंग समन्वय गरि हिजो शुक्रवार सहयोग पुगेको हो ।
.
झरुवाराशि नजिक कान्तिपुर ईटा भट्टामा काम गर्ने मजदुर बिकले आफु भन्दा अर्को २ परिवार पनि दुखी रहेको बताएकी थिईन् । सहयोगीहरुले ३ परिवारलाई नै घरायसी खाद्यान्न सहयोग गरेका छन् । सहयोगीहरु पुग्दा त्यस स्थानमा एक महिला भर्खर सुत्केरी भएकी थिईन् । सहयोगीहरुले सुत्केरी महिलाको परिवारलाई समेत केही खाद्यान्न तथा आर्थिक सहयोग गरेका थिए । समाचारको कारण दुखीले केही राहत पाएकोमा खुसि ब्यक्त गर्दै मिडियाका सम्पादक कृष्णमुरारी पुडासैनीले करुणा राखेर दुखीलाई सहयोग गर्ने समुह भन्दै धन्यवाद दिएका छन् । आफूभन्दा अझ पनि आफुजस्तै छिमेकी झन् दुखी भएको देख्ने गंगा बिकको दयावान् मनलाई पनि धन्यवाद ।
सहयोगी पुग्दाको बखत फोटोहरु ः
फोटो ः सीता घिमीरे ( शिक्षिका, नवज्योती मावि)
सहयोगीहरुले हेरेको भिडियो लिंक ः
ललितपुरको चापागाउँमा चलेको फुड बैंक प्रशासनद्धारा रोक्ने प्रयास
ललितपुरको चापागाउँमा चलेको फुड बैंक प्रशासनद्धारारोक्ने प्रयासराजनितिक कारणमा सरकार पक्षले रोक्न खोजेकोतरुण दलको आरोप ।
Posted by Krishuna Media on Monday, August 31, 2020
Leave a Reply