ललितपुर चापागाँउको मुलडोलमा एक महिलाको शव फेला (भिडियो सहित), मृतक अल्का अस्पतालमा कार्यरत कर्मचारी रहेको पुष्टि

ललितपुर। गोदावरी नगरपालिका १० चापागाउँस्थित मूलडोलमा शुक्रबार साँझ एक महिलाको शब फेला परेको छ। ललितपुरको चुनिखेल घर भएकी गीता केसी अल्का अस्पतालमा काम गर्ने गरेको थाहा भएको महानगरीय प्रहरी वृत चापागाउँका डीएसपी कृष्णराज ओझाले जानकारी दिए ।

आज शनिबार बिहान पाटन अस्पतालको फरेन्सिक डाक्टर, प्रहरीको कुकुर सहितको टोली घटनास्थल पुगेको थियो। घटनास्थलमा आवश्यक अनुसन्धान सकेको डीएसपी ओझाले बताए।

उक्त घटनामा छायाकंन गरेको भिडियो ।