ललितपुर । गोदावरी नगरपालिका वडा नं. १० मुलडोलको बस्ती नजिक जंगलमा एक महिलाको शव फेला परेको छ ।
घर नजिकबाट कपडाको पोको जस्तो अनौठो बस्तु जस्तो शंका लागेर हेर्न जाँदा देखेका स्थानीय जनार्दन थापाले प्रहरीलाई खवर गरेका थिए । उनले शव देख्दा रगतले अनुहार पहिचान गर्न नसकेको बताएका छन् ।
उक्त शव भागावन नजिकको भन्ज्यागंबाट हत्या पछि करिव ५० मीटर तल घिसारेर फालेको जस्तो देखिने स्थानीय थापाले बताए । अन्दाजी ३५ -४० वर्षको देखिने उक्त शव प्रहरीले समेत पहिचान गर्न सकेको छैन । साँझपख भेटेको कारण भोलि विहान मात्र घटना मुचुल्का हुने महानगरीय प्रहरी वृत चापागाँउले जनाएको छ । आज रातभर प्रहरी र स्थानीय मिलेर शव कुरिरहेका छन् ।
Leave a Reply