बज्र किशोर पटेल
रौतहट । निषेधाज्ञाको बिच पनि रौतहटमा मुस्लिम समुदायको पर्व मोहर्रम (दाहा) पर्व मनाएको छ । जिल्ला प्रशासन कार्यालयबाट जिल्ला स्तरीय कोभिड १९ संकट केन्द्रको बैठकको निर्णयानुसार हाल कायम रहेको निषेधाज्ञा अवधिभित्र नै इस्लाम धर्मावलम्बीहरूको महान पर्व मोहर्रम (दाहा) सामुहिक रूपमा भेला भई मनाउदा निषेधाज्ञा आदेशको वर्खिलाप हुन जाने र कोरोना भाइरस (कोभिड१९) जोखिम समेत उच्च हुन जान देखिएकोले उक्त पर्व घर बाहिर जम्म भेला भई सामूहिक रूपमा मनाउन नपाउने गरि निषेध गरिएको थियो ।

स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको लाई चुनौति दिदै गत आइतवार रौतहटको ठाउँ ठाउँमा मोहर्रम पर्व मनाइएको हो ।भिडमा मानिसहरुले मास्क समेत लगाएको देखिदैन । राजपुर नगरपालिकाका प्रमुख शिव प्रसाद चौधरीले विगतमा जस्तो भिड नभएको र पर्व भएको कारण भेला भएको बताए ।









Leave a Reply