प्रमिसा दाहाल
ललितपुर । बागमती गाउँपालिका वडा नं. ४ ंप्युटार घर भएकी एक महिला गत शुक्रबार सुत्केरी भई किस्ट अस्पतालबाट डिस्चार्ज पश्चात घर पुगेपछि कोरोना भएको थाहा पाउँदा गाउँ नै त्रसित बनेको छ ।
वडा अध्यक्ष नारायण बहादुर घलेका अनुसार स्थानीय सबैलाई सचेत रहन आग्रह गरिएको छ । स्थानीय सबैलाई सामाजिक दूरी कायम गर्दै सुरक्षित रहन माक्स तथा सेनिटाइजरको प्रयोग गर्न आग्रह गरिएको छ । साथै उनको सम्पर्कमा आएका सबै जनाको नाम टिपाउने कार्य जारी रहेको छ । धेरै जनासँग सम्पर्कमा भएको हुन सक्ने र सबै पहिचान गर्न मुस्किल भएको पनि वडा अध्यक्ष घलेले जानकारी दिए ।
उनमा कोरोना (कोभिड -१९) को संक्रमण भएको अस्पतालमै थाहा भएपनि परिवारको ढिपिले घर गएकी थिईन् ।
अस्पतालका डाक्टर अनिस पाठकका अनुसार उक्त महिलाको आर्थिक अवस्था कमजोर भएको कारण निशुल्क उपचार गर्ने भनिए पनि उनका श्रीमानले मानेनन् । उनका अनुसार संक्रमण फैलीएर असर हनुभन्दा हामी खर्च बेहोर्छौ भन्दा पनि श्रीमानले घर जाने ढीपि गरेपछि कुनै जर्बजस्ती नगरेको र सरकारले पनि “होम आइसोलेसन” को अधिकार दिएकाले प्रहरीको रोहवरमा मञ्जुरीनामा गराई पठाइएको थियो । यसमा अस्पतालले कुनै लापरवाही नगरेको पनि डा.पाठकले बताए ।
Leave a Reply