निषेधाज्ञा पालन गराउन खटिएका ट्राफिक प्रहरीको कुरा

काठमाडौं ।निषेधाज्ञा जारी भएसंगै सडकमा सवारीको चाप घटे पनि ट्राफिक प्रहरीको कार्यभार भने घटेको छैन । उपत्यकामा दिउँसो हाम्रो टिम सवारी जाँच गर्ने स्थानमा पुग्दा ट्राफिक प्रहरीहरु ब्यस्त देखिन्थे । टन्टलापुर घाममा डिउटी गरिरहेका प्रहरीलाई खानेपानीको उचित प्रवन्ध पनि देखिएको थिएन ।

तर महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता बामदेव गौतमले आधारभुत सुविधा ब्यवस्था गरेको बताए । सडकमा सवारी चालकहरु संगको विवादले पनि ट्राफिक प्रहरीहरु हैरान देखिन्थे । यसवारे महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता बामदेव गौतमसंग मिडियाकर्मी शारदा घिमिरेले हिजो (आइतवार) कुराकानी गरेको भिडियो । हेर्नुहोस्ः