यौन चाहना पुरा गर्ने उद्धेश्यले आफू भन्दा ठूला तथा वयस्क व्यतिmहरुले बालबालिकाहरुलाई अश्लिल शब्द बोल्ने, अश्लिल भिडियो तथा फोटो देखाउने अथवा योनाङ्ग छुने वा छुन लगाउने जस्ता अभद्र व्यवहार गर्नु बाल यौन दुव्यवहार हो तर बालबालिकाहरुलाई यस्ता कृयाकलाप यौन दुव्र्यवहार हुन् भनेर थाहा हुँदैन । यसकारण वर्षेनी कयौं बालबालिका यौन दुव्र्यवहार खेप्न बाध्य छन । तर पनि सामाजिक प्रतिष्ठा तथा डरका कारण यस्ता थोरै मात्र घटना बाहिर आउने गरेको देखिन्छ । बाल यौन दुव्र्यवहारले हाम्रा भविष्यका कर्णधार बालबालिकाको शारीरिक तथा मानसिक क्षमता प्रती नकारात्मक असर परिरहेको हुन्छ । यसकारण यस्ता घटनाहरु लुकाएर पिडकलाई प्रोत्साहन गर्नु भन्दा पनि उनीहरुलाई कानुनी सजाय दिलाउन सके भविष्यमा बालबालिकाहरुले यस्ता घटनाहरु भोग्नु पर्ने अवस्था नआउन सक्छ । जसले बाल अधिकारको सुनिश्चितता पनि कायम राख्दछ । बाल अधिकारको ४ संवाहक बाल बचाउ, बाल संरक्षण , बाल बिकास र बाल सहभागिता भित्र संरक्षणको अधिकार सुरक्षित हुन पाउने भएकाले सरोकारवालाले बालबालिकाहरुलाई यस्ता दुव्र्यवहारबाट बचाउनु हाम्रो दायित्व हो । यस्तो दुव्र्यवहार बालबालिकाहरुले जहाँ कहि जो कोहीबाट पनि खेप्नु सक्दछन् । छरछिमेकि, परिवारका सदस्य, आफू भन्दा ठूला ब्यक्ति, शिक्षक, प्रहरी तथा आफन्त तथा चिनजानका व्यतिmहरुले नै बालबालिकाहरुलाई बाटोे, विद्यालय लगायत एकान्त स्थानहरुमा बालबालिकाहरुलाई एक्लै पारी दुव्र्यवहारमा पार्ने गर्दछन । बालबालिका आफन्त, परिवार, विद्यालय र टोलमा पनि सुरक्षित छैनन । बालबालिकाको अवोधपनाको प्रयोग गरी सहयोग गरेको वा माया गरेको भ्रममा पार यस्ता दुव्र्यवहार हुने गर्दछन ।
विशेष गरि गरिब तथा अनाथ बालबालिकाहरु यस्तो दुव्र्यवहारको भागीदार हुने गर्दछन । माया तथा लालचको प्रलोभनमा पारी बालबालिका माथि यस्ता अपराध गरेका कयौं घटनाहरु रहेका छन । बाबलिकाहरुलाई यौन दुव्र्यवहार थाहा नहुँदा, राम्रो छुवाइ तथा नराम्रो छुवाइको बारेमा थाहा नहुँदा तथा पिडकले देखाएको डर वा त्रासका कारण पनि कयौं बालबालिका यौन दुव्र्यवहारमा परिरहेका छन । बाल यौन दुव्र्यवहार छोएर वा नछोइ दुवै तरीकाबाट हुने गर्दछन ।
बालबालिकाहरु आफ्नै परिवार तथा आफ्नै समुदायमा सुरक्षित नहुनु एक गम्भिर र सोचनिय विषय हो ।
उनीहरु कयौं विश्वसनिय भनिएका व्यतिmहरु –शिक्षक, परिवार, समुदाय, प्रहरीहरुबाट पनि असुरक्षित रहेका अध्ययनले देखाएको छ । यो एक गम्भिर अपराध हो । बालबालिकाहरुलाई बचाउन परिवार देखि स्थानीय सरकार पनि जागरुक हुनु आवश्यक देखिन्छ । सामाजिक सोचाईलाई साँधुरो बनाएर यस्ता घटनालाई लुकाइ गैर जिम्मेवार बन्नु भन्दा पनि सामाजिक सोचाईलाई फराकिलो पारी यस्ता घटनालाई बाहिर ल्याई पिडकलाई सजाय दिनु आवश्यक छ । जसले भविष्यमा अवोध बालबालिका माथि हुने यस्ता घटनाहरुलाई कम गर्न सक्छ ।
यस्ता दुव्र्यवहारबाट बचाउन हामीले के गर्न सक्छौं त र ?
बालबालिकाहरुलाई एक्लै नछोड्ने ।
बालबालिकाहरुलाई अपरिचित व्यतिmहरुसँग टाढा बस्न लगाउने, अन्जान व्यतिmहरुको विश्वासमा बालबालिकाहरुलाई नछोडने ।
परिवारमा बालबालिकाको आवश्यकता बुझि दिने साथै उनीहरुलाई प्रेम गर्ने
जथाभावी साथी संगतिमा लाग्न नदिने ।
उनीहरुलाई राम्रो छुवाइ के हो र नराम्रो छुवाइ बारे अबगत गराउने ।
विद्यालय, सवारीसाधन, सार्वजनीक स्थानहरुमा बालबालिकाहरुलाई एक्लै नछोड्ने ।
बालबालिका माथि हुने अभद्र व्यवहार बारेमा बालबालिकालाई बताउने तथा आफू माथि भएका यस्ता व्यवहारसँग खुलेर बोल्न लगाउने ।
कसैले यस्तो व्यवहार गरेमा उनीहरुलाई आत्म रक्षका उपायहरु सिकाउने ।
यस्तो घटना घटेमा प्रहरी तथा बाल हेल्पलाइनमा खबर गर्ने
यसरी बाल संरक्षण र बाल दुब्र्यवहारवारे समाजमा सबैले ध्यान दिन सके बालवालिकाको सुनौलो भविष्य निर्माण हुन सक्छ । आउनुहोस्, बालवालिकाको सुनौलो भविष्य प्रति हामी सजग बनौं ।
– प्रमिसा दाहाल
Leave a Reply