मन्त्रीहरु सहित अन्य कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका सदस्यहरु आईशोलेशनमा

काठमाडौं । कोरोना संक्रमितको सम्पर्कमा पुगेको देखिएपछि उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र प्रधानसेनापछि पूर्णचन्द्र थापा होम आइसोलेसनमा बसेका छन् । छाउनी स्थित नेपाली सेनाको हाताभित्र रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० को सचिवालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भेटिएपछि केही दिनअघि उक्त स्थानमा बैठकमा सहभागी भएका उनीहरु होम आइसोलेसनमा बसेका हुन् ।यस्तै सचिव महेन्द्र गुरागाई पनि होम आइसोलेसनमा छन् ।सीसीएमसीको सचिवालयमा गत आइतबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि साढे दुई घन्टा छलफल भएको थियो । उक्त बैठकमा सहभागी एक कर्मचारीमा संक्रमण देखिएको हो ।मन्त्रीहरुसहित प्रधानसेनापति, सचिव र अन्य कर्मचारीहरुको पनि पीसीआर परीक्षण गरिएको छ । तर नतिजा आउन भने बाँकी छ । परीक्षणको नतिजा नआएसम्म उनीहरु होम आइसोलेसनमा बस्ने सीसीएमसी स्रोतले बतायो ।सत्तारुढ दल नेकपाका सचिवालय सदस्य समेत रहेका पोखरेल र थापा आइसोलेसनमा बसेसँगै नेकपाको आज बस्ने भनिएको सचिवालय बैठक पनि स्थगित भएको छ । एकजना सैनिक कर्मचारीमा कोरोना संक्रमण देखिएको हो । सीसीएमसी सचिवालय भने सिल गरिएको छैन ।