काठमाडौंं । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि गरेको हो । यस्तै डिजल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ ५० पैसाको दरले वृद्धि गरेको छ ।
यस अघि पेट्रोल प्रतिलिटर १०२ रुपैयाँ रहेकोमा अब भने १०४ रुपैयाँ पुगेको छ । यस्तै डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ ५० पैसा रहेकामा अब बढेर ९० रुपैयाँ पुगेको छ ।
Leave a Reply