रातको समयमा काठमाडौं उपत्यका प्रवेशमा रोक (विज्ञप्ति सहित)

काठमाडौं । सरकारले रातको समयमा काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको छ । गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै आजै रातिबाट लागु हुने गरी साँझ सात बजेदेखी विहान सात बजेसम्म प्रवेशमा रोक लगाएको हो । उपत्यकामा प्रवेश गर्ने ब्यक्तिहरुलाई कोभिड -१९ चेक गर्दा धेरै ठुलो संख्यामा पोजिटिभ पाईएकोले अर्को आदेश नभएसम्मका लागि अत्यावश्यक सेवा र ढुवानी बाहेक अन्य यात्रुहरुको आवागमनमा उपत्यका प्रवेश पूर्ण रुपमा बन्द गराउन भनि विज्ञप्तिमा उल्लेख गरिएको छ । जसमा काठमाडौं उपत्यका बाहेकका जिल्ला प्रशासन कार्यालयहरुलाई पनि अत्यावश्यक काम बाहेक अन्तर जिल्ला सवारी आवागमन पास जारी नगर्न समेत निर्देशन दिईएको छ ।