सीता नेपालीको कविता

बिकासमा देसले धेरै फड्को मारिसक्यो।
जिताएर अरुलाइ आफू हारिसक्यो
बिकासको निँहुमा जताततै बाटो ।
जडिबुटी फल्ने जंगल मासिए मकै फल्ने पाटो।

गह्रा गह्रा खेतका गह्रा खन्डिकरण पारी
बिदेसिको अन्न खान्छन दैलानिर झारी
हिलो धुलो शीत खेले पाखे भइन्छरे।
ताली पिट्छन छिमेकिले भोक भोकै मरे।

घट्ट जातो घुम्न छोडे रेडिमेड अन्न।
होडबाजी चल्न थाल्यो सौखिन बन्न।
नौ महिने नाका बन्दी बिर्से, बिर्से जस्तो।
काम गरि खान भन्दा किन्न भन्छौ सस्तो।

बिदेसिकै खान लाउन आफ्नो देसको छोडी
धुरी चड्ने उत्कट इच्छा अरुले चड्दा घोडी
देसको ठूलो अर्थतन्त्र आज धरासयी
समृद्धि कहाँ आउँछर हजुर नारा मात्र लाई

सीता नेपाली
ललितपुर गोदामचौर।