यसपालिको तीजमा नाच घरैमा म्युजिक भिडियो सार्बजनिक (भिडियो सहित)

काठमांडौं ।तीज नजिकिँदै गर्दा गायक लक्षमण चापागाईले “यसपालिको तीजमा नाच घरैमा” बोलको म्युजिक भिडियो बजारमा ल्याएका छन् । लाट्कोसेरो फिल्मस्ले उत्पादन गरेको म्युजिक भिडियोमा सुस्मिता श्रेष्ठ, सोनिया डंगोल, रन्जु श्रेष्ठ र रोमिया डंगोलले नृत्य प्रस्तुत गरेका छन् । नृत्य निर्देशन (कोरियोग्राफी) सन्तोष भुजेलले गरेका हुन् भने म्युजिक भिडियोको छायांकन सन्जित श्रेष्ठले गरेका हुन् । म्युजिक भिडियोको निर्देशन बिजेस पौडेलले गरेका छन् । गीत गायक चापागाईँ स्वयंले लेखेका हुन् ।

https://youtu.be/r8dqk_DWLT4

निर्देशक पौडेलले कोरोना भाइरस संक्रमणबाट बच्न घरमै बसेर तीज मनाउन सन्देश दिने गरी म्युजिक भिडियो तयार गरेको बताए । उक्त गीत यूट्बमा र टेलिभिजन दुवै माध्यमबाट प्रसारण भइरहेको पौडेलले जानकारी दिए । तीजका अबसरमा बजारमा आइरहेका म्युजिक भिडियोहरु भन्दा आफ्नो गीत फरक रहेको पौडेलको दावी छ ।