सामाजिक सञ्जालमा भुवन र साम्राज्ञीको दोहोरी

सामाजिक सञ्जालमा नायक भुवन केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहबीच दोहोरी नै चलेको छ । उनीहरूले एक अर्कालाई आरोप लगाउँदै चलचित्रको छायाङ्कनका क्रममा भएको एक अर्काको व्यवहारमाथि टिप्पणी गरिरहेका छन् ।

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले २ दिन अगाडि सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै आफूमाथि ह्यारेसमेन्ट भएको बताएकी थिइन् । उनले आफ्नो भिडियोमा कुनै पनि मेकर वा चलचित्रको नाम लिएकी छैनन् । तर साम्राज्ञीले बारम्बार आफ्नो डेब्यु चलचित्रमा काम गर्दा आफूमाथि राम्रो व्यवहार नभएको बताउँदै आएकी थिइन् ।