नायिका अदिती बुढाथोकी आज आफ्नो जन्मदिन सेलिब्रेसन गर्दैछिन् । आफ्नै घरमा जन्मदिन मनाइरहेकी यी सुन्दरीलाई सबैभन्दा पहिला उनको परिवारले जन्मदिनको शुभेच्छा प्रकट गरेका थिए । उनलाई सामाजिक सञ्जालमा उनका फ्यान र आफन्तले शुभकामना दिइरहेका छन् ।
नेपाली चलचित्र क्षेत्रमा ‘कृ’ नामक चलचित्रबाट प्रवेश गरेकी नायिका दोश्रो चलचित्र ‘बेञ्जो’को तयारीमा छिन् । यी दुवै चलचित्रका निर्देशक सुरेन्द्र पौडेल हुन् । लकडाउन नभएको भए सुरेन्द्रले अहिले अदितीसँग दोश्रो प्रोजेक्टमा काम गरिरहेका हुन्थे ।
Leave a Reply