बजेटबिनै प्रहरीको साढे ४० करोडको ठेक्का

कर्णाली प्रदेश प्रहरी कार्यालयले विभिन्न जिल्लामा प्रहरीका भवन बनाउन आन्तरिक मामिला मन्त्रालयसँग १५ करोडको एमओयू गरेर निर्माण व्यवसायीसँग ४० करोड ६० लाखमा सम्झौता गरेको छ ।

सुर्खेत — कर्णाली प्रदेश प्रहरी कार्यालय मातहतका जिल्ला प्रहरी कार्यालयहरूले बजेटको सुनिश्चितताबिनै ४० करोडको भवन निर्माणसम्बन्धी ठेक्का सम्झौता गरेका छन् । यसले गर्दा निर्माण व्यवसायीले भुक्तानी नपाउनुका साथै भवन निर्माण कार्य पनि अलपत्र परेको छ ।