शुक्रवार देखि श्रीपशुपतिनाथको मन्दिर खुल्ने

काठमाडौं । शुक्रवार देखि श्रीपशुपतिनाथको मन्दिर खुल्ने भएको छ । कोरोना भाईरसका कारण बैसाख १६ गते देखि बन्द भएको श्रीपशुपतिनाथको मन्दिर शुक्रवार देखि खुल्ले भएको हो । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै दर्शनको ब्यवस्था गरिने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले जानकारी दिए ।

दर्शन गर्नका लागि एकतर्फी बाटोको ब्यवस्था मिलाईएको छ । हरितालिका तीजमा धेरै भिड हुने भएका कारण भोलिपल्ट खुल्ला गर्दा स्वास्थ्य सुरक्षामा ध्यान दिन सजिलो हुने कोषका कर्मचारीले जानकारी दिए ।