बागमती गाउँपालिकाको इकुडोल इकाई सभापतिमा दिपक सिंगार सर्वसम्मत चुनिए

ललितपुर । बागमती गाउँपालिका वडा नं.५ इकुडोलमा नेपाली काँग्रेसको इकाई सभापतिमा दिपक सिंगार सर्वसम्मत चयन भएका छन । निवर्तमान वडा सभापति तुलसी प्रसाद संजेलको सभापतित्व एवम् पूर्व जिल्ला सचिव रविन्स शर्माको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनले नेपाली काँग्रेसको विधान बमोजिम वडा समिति गठन गर्दै १९ जना क्षेत्रिय प्रतिनिधि चयन गरेको छ । नव निर्वाचित सिंगारले वडाका पार्टी नेता कार्यकर्ताले गरेको विश्वासलाई कायम राख्दै अग्रजहरुका अनुभवलाई सम्मान यूवा जोसजाँगरलाई हातेमालो गरी समावेशी ढंगले नेपाली काँग्रेसको विधि विधान बमोजिम काम गर्ने बताएका छन्। अधिवेशनबाट सचिवमा चयन भएका सुदिप घिमिरेले’ सिंगारको नेतृत्वमा बनेको वडा कमिटी इकुडोलको भूमिलाई सुहाउँदो छ, स्थानीय निर्वाचनमा काँग्रेसलाई इकुडोलमा पहिलो पार्टी बनाउन सकिन्छ’।” भनें ।

नेपाली काँग्रेसले ललितपुरमा २१ गते वडा अधिबेशन सम्पन्न गरिसकेको छ । अब गाउँ,नगरपालिका अधिवेशन भदौ २७, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज ५ गते निर्धारण गरेको छ। त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १०, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ।