कांग्रेस अधिवेशन: गोदावरी- १० मा माधव पुडासैनी सर्वसम्मत

ललितपुर । गोदावरी नगरपालिकामा रहेर लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय स्थापित युवा माधव पुडासैनी सर्वसम्मतले वडा नं.१०को  इकाई सभापति  भएका छन् ।विगत लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय पुडासैनीले नगरपालिका भित्र विभिन्न सामाजिक संघसस्थामा क्रियाशील रहदै सामाजिक कार्यमा सक्रिय भूमिका खेल्दै आएका छन्। ‘युवाहरुले नै समाजमा योगदान दिनुपर्छ । कुनै पनि राजनीतिक दलका लागि आदर्श र सिद्धान्तमात्रै भएर पुग्दैन । कार्यक्रम, कार्ययोजना, कार्यनीति तथा क्षमतावान् र चलायमान नेतृत्वसमेत आवश्यक पर्दछ । हामी क्रियाशीलको निर्णयमानै पार्टीको आगामी नेतृत्व र भबिष्य जोडिएको छ” उनले भने ।

उनले वडा लगायत नगरपालिका भरि कांग्रेसका सबै साथी र अग्रजहरुको आफुलाई साथ र सहयोग रहेकोमा धन्यवाद दिए । ईकाई सभापतिमा सर्वसम्मत समेत भएकोमा आफु समाज प्रति कार्य गर्न अझ उत्साहित भएको बताए।