कृशुणा मिडिया सम्वाददाता
ललितपुर । भागावनको पर्यटन प्रवद्र्धनका लागि स्थानीयहरु सक्रिय हुन थालेका छन् । गोदावरी नगरपालिका वडा नं. १० स्थित भागावन पहाडलाई रामायणको कथा अनुसार लक्ष्मण बचाउँन संजिवनी बुटि ल्याउँदा खसेको टुक्रा मानिन्छ । स्थानीय एक बृद्धले भनेंः ‘भागावन पहाड एकदमै महत्वपूर्ण धार्मिक तिर्थस्थल बन्नुपर्ने हो । तर यसको महिमा बुझेनन् ।” उक्त पहाडको काखमा बागेश्वरी मन्दिर पनि रहेको छ । उक्त बागेश्वरी मन्दिरको महिमा प्रचार नहुनुले ओझेलमा परेको स्थानीय युवा प्रकाश केसी बताउँछन् । उक्त बागेश्वरी मन्दिर र भागावनको महिमा प्रचार गरि भक्तजन र प्रकृतिमा रमाउने पर्यटक भित्राउन स्थानीयहरु लागिपरेको कुरा उनले जनाए ।
सोमवार (हिजो) बागेश्वरी मन्दिरमा हवन्, पुजा र नयाँ मुर्तिहरुको प्राण प्रतिष्थापन गरिएको छ । यस पुजाले मन्दिरको गरिमालाई उच्च राख्न सहयोग गरेको पनि स्थानीय युवा केसीले बताए ।
भागावन पहाड चढ्न उत्साहित गराउने उदेश्यले र बागेश्वरी मन्दिर प्रवेश गर्ने स्थानमा मनमोहक प्रवेशद्धार (गेट) स्थापना गरिएको छ । भागावन पर्यटन प्रवद्र्धनमा प्रदेश सरकारको तर्फबाट प्रदेश सांसद चेतनाथ सञ्जेलले प्रत्यक्ष सहयोग गरिरहेका छन् ।
विगत बर्षदेखि पहाडको टुप्पामा हनुमानको मुर्ति राख्ने र राष्ट्रियता प्रवद्र्धन गर्न नेपालको झण्डा राख्ने योजना रहेको स्थानीयले बताएका छन् । पहाडको टुप्पासम्म पुग्न सिँडिको निर्माण पुरा भईसेकेको छ । पानी ट्याकीं र पाइपको समेत ब्यवस्था गरि ठाँउ ठाँउमा पिकनिक स्थल समेत निर्माण गरिएको छ । भागावन पहाड चढ्दा प्राकृतिक आनन्द लिन सकिन्छ । काठमाडौं उपत्यकाको नजिक पर्ने यस पहाडमा पुग्दा उपत्यकाको दृश्य मज्जाले देख्न सकिन्छ ।
यो पनि link हेर्नुहोस् ।
ललितपुर भागावन पर्यटकीय स्थल बन्दैhttps://fb.watch/7A8VYnWNnh/
Leave a Reply