एमसिसि शुरु गरे नेपाली झण्डा गाडेर संरचना ध्वस्त गर्ने चेतावनी

काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरिशन (एमसिसि) ले अधिग्रहण गरेको जमिनमा स्वतन्त्र राष्ट्रिय अभियानले एमसिसि अन्तर्गत संरचना निर्माण गरे ध्वस्त गर्ने चेतावनी दिएको छ । स्वतन्त्र राष्ट्रिय अभियान र उन्नत लोकतन्त्र पार्टीले उक्त क्षेत्रमा कुनै संरचना बनाएमा राष्ट्रिय झण्डा गाडेर संरचनालाई ध्वस्त गर्ने घोषणा गरेको हो ।
शनिवार नुवाकोट जिल्ला बेलकोटगढी न. पा. ७ मा एमसिसिले अधिग्रहण गरेर निर्माण गर्न लागेको संरचना भत्काउने दबाव दिन नेपाली झण्डा सहित युवाहरु उक्त क्षेत्रसम्म पुगेका हुन् ।।

स्थानीयको साथमा स्वतन्त्र राष्ट्रिय अभियान र उन्नत लोकतन्त्र पार्टीको आयोजनामा उक्त दवाव कार्यक्रम सम्पन्न भएको स्वतन्त्र राष्ट्रिय अभियानका संयोजक अधिवक्ता स्वागत नेपालले जनाएका छन् । उनले सो स्थानमा अधिग्रहण गरिएका व्यक्तिहरुलाई प्रलोभन, झुक्यान र डर धाक धम्की दिएर एमसीसी पक्षधर नेता र प्रशासकहरुले जमीन अधिग्रहण गरेको समेत आरोप लगाए । अब उक्त स्थानमा राष्ट्रिय कृषि विश्वविद्यालय, अनुसन्धानशाला वा खेलकुद स्टेडियम निर्माण गरिनु पर्ने पनि उनले बताए । video link :

https://www.facebook.com/1589830999/videos/194656969366385/