मकवानपुर । थाहा नगरपालिका वडा नं. ९ चित्लागं स्थित सातधारा(ढुगेंधारा) को उद्घाटन भएको छ । शुक्रबार खानेपानी तथा सरसफाइ डिभिजन नं. १ हेटौंडाले आयोजना गरेको कार्यक्रमका बिच बागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले ढुगेंधारा उद्घाटन गरेका हुन्।
कार्यक्रममा मन्त्री फुयाँलले सिमभन्ज्याङ सात तालको विषयमा पनि प्राबिधिक र स्थानीयहरुसंग छलफल गरेका थिए । । सम्पदा संस्कृति, राजकुलो,पोखरी र ढुगेंधाराजस्ता सम्पदा अमुल्य रहेको भन्दै मन्त्री फुयाँलले यस्ता सम्पदाको जगेर्ना गर्न आफु सधै प्रतिबद्ध र तत्पर रहेको बताए । मन्त्री फुयाँल राजकुलो र पुरात्तात्विक सम्पदालाई जोगाउन भन्दै विभिन्न स्थानहरुमा पुग्ने गरेका छन् ।
मन्त्री फुयाँलको ढुगेंधारा जोगाउने अभियान, चित्लाङंमा सातधारा उद्घाटन

Leave a Reply