गोदावरी उद्योग वाणिज्य संघ र जनभावना क्याम्पस बिच सम्झौता पत्रमा हस्ताक्षर (भिडियो)

ललितपुर । गोदावरी उद्योग वाणिज्य संघ र जनभावना क्याम्पस बिच समन्वय गरि अघाडि बढ्न सम्झौता भएको छ । शुक्रवार बिहान जनभावना क्याम्पसको हलमा क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख शिवराज सञ्जेल र उद्योग वाणिज्य संघका अध्यक्ष जगन्नाथ महर्जनले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ । यस सम्झौताले क्याम्पसमा ब्यवस्थापन संकाय तथा अन्य सम्वन्धित विषयका विद्यार्थीहरुलाई गोदावरीका विभिन्न उद्योगहरुमा अध्ययन,ईन्टन र सेवा गर्ने समेत अवसर मिलेको छ भने क्षमतावान् विद्यार्थीलाई गोदावरी नगर भित्रैका उद्योगहरुमा सदुपयोग गर्न सकिने बताईएको छ । बाँकी कुरा तल क्लिक गरि भिडियोमा हेर्नुहोस् ।