काठमाडौं । तारकेश्वर नगरपालिकाले २५ बेड सहितको आइशोलेसन तयार पारेको छ । गत सोमवार अक्सिजन सहितको आइशोलेसन नगरप्रमुख रामेश्वर बोहराले उद्घाटन गरेका हुन् । वडा नं. १ स्थित सांङ्ला प्राथमिक केन्द्रमा तयार पारेको आईशोलेसनमा सहज संग विरामी ल्याउन २ वटा निशुल्क एम्वुलेन्स समेत ब्यवस्था गरेको जानकारी छ ।
आईशोलेशन स्थललाई सहज बनाउन विभिन्न उपसमितिहरु निर्माण गरि जिम्मेवारी बाँडिएको नगरपालिकाले जानकारी दिएको छ भने आईशोलेशनमा बस्नको लागि बिरामीले वडा कार्यालयको सिफारिस ल्याउनुपर्ने ब्यवस्था गरिएको छ । आईशोलेशनको भिडियो हेर्नका लागि तल लिंक छ । क्लिक गरि भिडियो हेर्नुहोला ।
तारकेश्वरमा पनि बन्यो आईशोलेशन (भिडियो सहित)

Leave a Reply