मन्त्री ढकालले गरे पशुपतिनाथको दर्शन, बिना राजनिति स्वार्थ राखेर काम गर्न निर्देशन (भिडियो सहित)

काठमाडौं । नव नियुक्त संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानु भक्त ढकालले हिजो (सोमवार) श्रीपशुपतिनाथको दर्शन, पुजा आराधना गरेका छन् । उनी भगवान् पशुपति नाथको दर्शन संगै पशुपति क्षेत्र विकास कोषको स्वागत कार्यक्रममा समेत सहभागी भएका थिए । कार्यक्रममा कोषका सदस्य सचिव प्रदिप ढकालले स्वागत गर्दै कोषको गतिविधि र आगामी योजना बारे जानकारी दिए । कोषले प्रकाशन गरेको विविध पुस्तक र पशुपति क्षेत्रको चल -अचल सम्पतिको प्रतिवेदन उल्लेख रहेको दस्तावेज कोषका कोषाध्यक्ष मिलनकुमार थापाले हस्तान्तरण गरे ।


मन्त्री ढकालले बिना राजनिति स्वार्थ राखेर काम गर्न र युवा पुस्तालाई संस्कृति र संस्कार प्रति जागरुक बनाउने गरि योजना बनाउन समेत निर्देशन दिए ।


कार्यक्रममा मन्त्रालयका सचिव यादव प्रसाद कोइराला लगायत कोषका पदाधिकारी, कर्मचारीहरुको उपस्थिति थियो । कार्यक्रमको केहि भिडियो तल प्रस्तुत गरिएको छ ।

video link: