ललितपुरको छम्पी र चापागाउँ जोड्ने नख्खु खोलामा पक्की पुल बन्ने (भिडियो सहित)

ललितपुर । छम्पी र चापागाउँको बिचमा रहेको नख्खु खोलामा पक्की पुल बन्ने भएको छ । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले आज शिलान्याश गरेका छन् । बजेट रु.तीन करोड १५ लाख ९४ हजार ४ सय सड्सठ्ठीमा गोदावरी नगरपालिका संग शिवाको महर्जन जेभि कन्स्ट्रक्सन कम्पनिको सम्झौता भएको छ । यस आ.व मा रु.एक करोड ८० लाख विनियोजन भएको र आगामी आ.व मा थप गरि पुल निर्माण पुरा गर्ने नगरप्रमुख महर्जनले बताए ।

कन्स्ट्रक्सन कम्पनिको तर्फबाट वीरेन्द्र महर्जनले बजेटकै अभावमा काम नरोकिने तर नगरपालिकाले बैंक ग्यारेन्टीको लागि बजेट सोधभर्ना गर्ने पत्र दिए कार्यसमय अघावै पुरस्कार पाउने गरि निर्माण पुरा गर्ने प्रतिवद्धता गरे । वडा नंं ९ का वडा अध्यक्ष आत्माराम थापाले पुल बन्ने बजेट विनियोजन गरेकोमा सम्पूर्ण कार्यपालिकालाई धन्यवाद दिएका छन् । वर्षौदेखि आवतजावत गर्न अप्ठ्यारो भएको उक्त स्थानमा पुल बन्ने भएपछि स्थानीयले खुसि ब्यक्त गरेका छन् । उक्त शिलान्याश गरिएको भिडियो लिंक तल छ:

video link: