दैलेख । चुप्रामा प्रहरी कार्यालय भवन उद्घाटन भएको छ । DFID को सहयोगमा ःMIP Project अन्तर्गत UNPOS द्वारा निर्माण गरीएको प्रहरी चौकि चुप्रा, दैलेखको नव(निर्मित कार्यालय भवन तथा ब्यारेक भवनको एक समारोहका बिच कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार पन्तले उद्घाटन गरेका छन्।
प्रहरी संगठनलाई भौतिक संरचनाहरुमा आत्मनिर्भर बनाई सरल तथा जनपेक्षित प्रहरी सेवा प्रदान गर्ने आधार स्तम्भहरु निर्माण गर्न नेपाल प्रहरी संगठनको नियमित बजेटबाट ब्यारेक भवन निर्माण भएको हो भने UNOPS को आर्थिक सहयोगमा कार्यालय भवन निर्माण सम्पन्न भएको हो ।
सोहि अवसरमा प्रहरी नायव महानिरीक्षक बसन्त कुमार पन्तले शिलालेख अनवारण गरि कार्यालय भवन तथा ब्यारेक भवनको उद्घाटन गरि उक्त नव (निर्मित भवनहरु साथै कार्यालय परिसरको समेत निरीक्षण गरेका छन् ।
भवन उद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै पनि भौतिक संरचनाहरु जनमुखी, पारदर्शी तथा व्यवसायीक प्रहरी सेवा सम्पादनको निर्धारक नभएपनि निर्माण सम्पन्न सुविधायुक्त भवनहरुबाट प्रहरी कर्मचारी तथा सेवाग्राही नागरिकहरु प्रत्यक्ष लाभान्वित हुने कुरामा आफू विश्वस्त रहेको बताए । नव(निर्मित सुन्दर भवनहरुबाट नागरिक मैत्री प्रहरी सेवा प्रदान हुने उनले विश्वास लिए ।
साथै सकरात्मक सोच, निष्पक्ष व्यवहार, आचरणयुक्त तथा प्रविधियुक्त प्रहरी कर्मचारीबाट मात्रै प्रहरी संगठनको उदेश्य पुरा हुने बताउँदै प्रत्येक प्रहरी कर्मचारीहरु देश तथा नागरिक प्रति समर्पित भई कार्यक्षेत्रमा खटिई विकृती विसंगती विरुद्ध जनचेतना फेलाउँदै स्थानीय तह तथा नागरिकसंग हातेमालो गरी परस्पर सम्बन्ध स्थापित गर्दै शान्त तथा सुसंस्कृत समाज निर्माण अभियानमा कटिवद्ध हुन आवश्यक रहेको बताए ।
प्रहरी नायव महानिरीक्षक बसन्त कुमार पन्त द्धारा भवन निर्माण कार्यमा सहयोहग गर्ने व्यक्ति तथा प्रहरी कर्मचारीहरुलाई प्रशंसा पत्रद्धारा सम्मान गरिएको थियो ।
कार्यक्रममा स्थानीय तहका प्रमुखहरु, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा अधिकृतहरु, नागरिक समाज, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, स्थानीय संचारकर्मी लगायत स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
Leave a Reply