सडक कुकुरहरुलाई बन्ध्याकरण गर्दै निहारिका ‘ग्लो’ क्लवका विद्यार्थीहरु (भिडियो सहित)

काठमाण्डौं । तिहारको अवसर पारेर बालाजु बाईपास वरिपरिका सडक कुकुरहरुलाई बन्ध्याकरण गरिएको छ । बालाजुको निहारिका शिशु कुञ्ज अन्तर्गतको ग्लो क्लवका छात्राहरुले यो कार्यक्रम गरेका हुन् । रुक्मिणि फाउण्डेशनको आर्थिक सहयोग र शिशु कुञ्जका विद्यार्थीहरुको सक्रियतामा गत बुधवार २० वटा सडक कुकुरहरुको बन्ध्याकरण गरेको हो । विद्यार्थी जस्मिन सापकोटाले सडकमा रहेको कुकुरहरुको ज्यादै दयनिय अवस्था देखेर तिनिहरुको सहजता र जन्म कम गराउन यस्तो कार्यक्रम गरेको बताईन् । निहारिका माविकी प्रिन्सिपल शोभा आचार्यले एकदिन तिहारमा कुकुरको पुजा गरेर धर्म नहुने तयसैले कुकुर र यस्ता सम्पूर्ण प्राणीहरुका लागि सधै मानवले आफ्नो धर्म पुरा गर्नुपर्ने सन्देश समेत प्रचार गर्न आग्रह गरिन् ।

उनले विद्यार्थी जीवनदेखि नै यस्तो कार्य गर्दा असल भावना र दया भएको नागरिक बन्ने पनि बताईन् ।
निहारिका ग्लो क्लवले यस वर्ष झण्डै ५५ वटा सडक कुकुर र १५ वटा विरालोलाई बन्ध्याकरण गरिसकेको छ भने प्रिन्सिपल आचार्यले आगामी दिनमा पनि बन्ध्याकरणको कार्यलाई निरन्तरता दिने जानकारी दिईन् । video link: