नेपालीहरु पूर्वीय धर्म ग्रन्थ, चिन्तन र आस्थामा विश्वास राख्छन् । जहाँ नारीलाई देवीको रुपमा पूजा सम्मान गरिन्छ । तर त्यही देशमा आज हरेक पल–पल नारीको अस्मिता लुटिरहेको देखिन्छ । बालबालिका देखि वृद्घा आमा सम्मका इज्जत नरपिचाश पशु सरहका व्यक्तिहरुबाट लुटिईरहेको छ ।
हाम्रो समाजमा दिन प्रति दिन यौनजन्य घटना बढ्नुको मुख्य कारण नैतिक शिक्षा संस्कारको कमी, ऐन कानुनको कमजोरी, प्रहरी प्रशासनको ढिलासुस्ती, मद्यपान, लागू पदार्थको प्रयोग, यौन कुण्ठा, विवृmत मानसिक विचलन भएका व्यक्ति, मोवाइल फोनको दुरुपयोग, लोभ लालचमा फस्नु फसाउनु, करकाप डर धम्की त्रासमा पार्नू साथै नचिनेको मानिसको बिश्वास भरोसामा फस्नुका साथै सामाजिक सञ्जालको दुरुपयोग प्रमुख समस्या रहेका छन् ।
यौन दुव्र्यवहार तथा बलात्कारका घटना धेरैजसो नजिकको घर परिवार चिनजानका व्यक्तिहरुवाट हुने गरेको पाईन्छ । यस्ता घटना घढ्नुमा घर परिवार र समाजको पनि कमी कमजोरी रहेको देखिन्छ । हाम्रा बालबालिका तथा छोरीचेली कुन अवस्थामा छन् । उनीहरु माथि के कस्ता व्यवहार भएका छन्, हामी के कस्तो वातावरण संस्कार तथा मानिसको सबगतमा छौँ । समाज तथा घरपरिवार बाट यौनजन्य दूव्र्यवहार बलात्कार घटाउन रोकथामको लागि प्रत्येक नागरिक सचेत रहनुपर्दछ । आफ्ना बालबालिका तथा छोरीलाई यस्तो दुव्र्यवहारबाट बचाउन जनचेतना पैmलाउने सुचना तथा यौन जन्य दुव्र्यवहारको बारेमा शिक्षा जानकारी राख्ने आफ्ना बालबालिका छोरी के कस्ता सङ्गत साथीभाईको माहोलमा छन् सो को प्रत्यक्ष अप्रत्यक्ष ढंगबाट घर परिवार समाजले निगरानी राख्नु पर्दछ ।
कुनै पनि छोरी चेलीलाई माया ममता गर्ने नाममा उनीहरुको इच्छा विपरित उनीहरुको शरिरमा छूनू समाउनू, जिस्काउनू तथा यौनजन्य सांकेतिक भाषा प्रयोग गर्नु यौनजन्य दुव्र्यवहारमा हो । यस्ता गतिविधी गर्ने व्यक्तिबाट बालबालिका छोरीलाई जोखिमबाट बचाउनु सम्पूर्ण सचेत नागरिकको दायित्व हुन जान्छ ।
बलात्कार, यौन दूव्र्यवहार भएको देखेमा वा यस्तो अपराध बारे जानकारी हुने वित्तिकै घटना लाई लुकाउने मिलाउने होइन सिधैं प्रतिकार गरि घर परिवार, प्रहरी प्रशासनमा जानकारी गराउनु पर्दछ । दोषीलाई दण्ड सजाय जरिवाना गर्नुको साथै पिडितलाई न्याय दिनु समाजको कर्तब्य हो । यौन दुव्र्यवहार तथा बलात्कारले बालबालिका तथा महिलाको मानविय भावना, आत्मसम्मानमा चोट पु¥याँउदछ ।
समाजमा शान्त वातावरण तथा छोरी, महिला, बालबालिका लाई स्वतन्त्र रुपमा बाँच्न, हिड्न सक्ने वातावरण बनाउनु तपाँई हामी सवैको जिम्मेवारी रहेको छ । प्रहरी प्रशासन तथा संविधान ऐन कानुन अनुसार पिडितलाई समयमा न्याय दिनुका साथै अपराधीलाई दण्ड जरिवाना गरिनु पर्दछ ।
यौन दूव्र्यवहार बलात्कारका घटना बाट कति अबोध बालबालिका तथा महिला वर्गको अकालमा मृत्यू भएको छ , समाज घर परिवारबाट विना गल्ति तिरस्वृmत, अपमानित सहेर बाँच्नु परेको छ । यस्ता यौनजन्य दूव्र्यवहार बलात्कार गर्नेलाई आजीवन कारावासको सजाय का साथै लिङ्ग छेदन वा मृत्यूदण्ड सम्ममा सजाय संविधानमा व्यवस्था गर्नै पर्ने अहिलेको आवश्यकता रहेको छ । पिडित बालबालिका, महिला वर्गलाई उचित सरंक्षण गर्नु, रेखदेखका साथै समाज घर परिवारमा पूर्नस्थापना गर्नुपर्ने ब्यवस्था मिलाउनुपर्दछ । यस्ता घटनामा पिडित पक्ष लाई स्वतन्त्र पूर्वक बाँच्न पाउने वातावरणको सृजना गर्नु तपाई हामी सवैको दायित्व रहन्छ ।
जहाँ नारीको सम्मान पूजा हुन्छ त्यहाँ भगवानको पनि बास रहन्छ । स्वच्छ, शान्त, सुखी घरपरिवार समाज निर्माण गरि सवै बालबालिका, महिला वर्गको रक्षा गर्नु तपाई हामी सचेत प्रत्येक नेपाली नागरिकको दायित्व हो ।
-प्रविन आचार्य
नेपाली समाजमा किन बढ्दै छ यौन दुव्र्यवहार र बलात्कार

Leave a Reply